३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

नेपाल प्रहरीको १५ डिआईजी राख्ने सहमति बढुवाको प्रक्रिया यसै साता हुने

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(एबिसी क्राईम ब्युरो)
काठमाडौं नेपाल प्रहरीमा रोकिएको डिआईजीको बढुवा प्रक्रिया सुरु हुने भएको छ । डिआईजीको संख्या कति रहने भन्नेमा गृहमन्त्रालयका अधिकारी र प्रहरी नेतृत्वबीच विवाद हुंदा प्रहरीमा डिआईजीको बढुवा रोकिएको थियो । गृहमन्त्रालय र प्रहरी नेतृत्वबीच प्रहरीमा १५ जना डिआईजी राख्ने सहमती भएको उच्च स्रोतले जानकारी दिएको छ ।
मन्त्रालयले डिआईजीको बढुवा प्रक्रिया यही हप्ता अघि बढाउने तयारी समेत गरेको छ । प्रहरीमा दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशहरुमा डिआईजीको दरबन्दी भएपनि डिआईजी नहुंदा अहिले रिक्त रहेको छ । दुई नम्बर प्रदेशमा डिआईजी प्रध्मुन कार्की र महानगरीय प्रहरीको नेतृत्वमा डिआईजी विश्वराज पोखरेल छन् । त्यसबाहेक अन्य प्रदेशहरुमा डिआइजी छैनन् ।
त्यतिमात्र होईन प्रहरीका अधिकां विभाग पनि नेतृत्वविहीन बनेका छन् । प्रहरीमा दुई दर्जन एसएपीहरु बढुवाको लागी दौडमा रहेका छन् । सरकारले यसअघि प्रहरीको तीन एआईजी पदमा शैलेश थापा, हरि पाल र ताराणी लम्शाललाई बढुवा गरेको थियो ।
नेपाल प्रहरीमा समयक्रम अनुसार बढुवा नहुंदा रिक्त पदको संख्या बढ्दो क्रममा छ । त्यसका साथै त्यसले उच्च अधिकारीको बृतिविकासमा समेत असर पारेको छ । सुरक्षा निकायमा एक दिन पनि बढुवा रोकिंदा त्यसले संगठनमा नराम्रो असर गर्ने यस क्षेत्रका जानकारहरु बताउंछन् । प्रहरीमा हाल कायम ३४ डिआइजी दरबन्दीमध्ये २२ खाली छन् । त्यस्तै १६ एसएसपी, १७ एसपी, ५२ डिएसपी र एक सय १९ इस्पेक्टरको पद पनि अहिले प्रहरीमा खाली छ ।
प्रहरी मुख्यालय प्रहरी समायोजनको मुखमा कायम रहेको दरबन्दी घटाउंदा संगठनलाई असर पुग्ने भन्दै दरबन्दी घटाउन नहुने पक्षमा थियो । गृहमन्त्रालयले भने संगठन तथा व्यवस्थापन सर्वेक्षण(ओएनएम) समिति समेत गठन गरेर काम अघि बढाएको थियो ।
गृहसचिव अध्यक्ष रहेको सो समितिमा गृहमन्त्रालयका प्रशासनतर्फका सह–सचिव सदस्य–सचिव छन् भने प्रहरी महानिरीक्षक (आइजी), प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव, अर्थमन्त्रालयका सह–सचिव र कानुन मन्त्रालयका सह–सचिव सदस्य रहेका छन् ।
प्रहरीमा यसअघि एआईजी र डिआईजी आफु निकटका अधिकारीलाई बढुवा गर्न हचुवाका भरमा दरबन्दी थप्ने काम भएको थियो । नेपाल प्रहरीमा राजनीतिक नेतृत्वको स्वार्थका कारण एआईजीको संख्या १५ र डिआईजीको संख्या ३४ सम्म पुगेको थियो ।
प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीको नियुक्तीसंगै उनले प्रहरीमा बढुवाको प्रक्रिया अघि बढाउन पहल गरेपनि डिआईजीको दरबन्दीमा कुरा नमिलेपछि बढुवा रोकिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहसचिव महेश्वर न्यौपानेलाई प्रहरीमा डिआईजी संख्या घटाउन निर्देशन दिएलगत्तै मृगौला प्रत्यारोपणका लागी अस्पताल भर्ना भएका थिए ।
गृहमन्त्रालयले प्रहरीको दरबन्दी घटाउने प्रस्ताव गर्दा प्रहरी महानिरीक्षकले त्यसमा सहमती जनाएका थिएनन् । त्यसपछि गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्रीसंग छलफल गरेर दरबन्दीको टुंगो लगाउने बताएका थिए । गृहमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्रीसंग गृहमन्त्री थापाले यसबारेमा छलफल गरेपछि १५ जना डिआईजी कायम राख्ने सहमती भएको हो ।
प्रहरीमा पहिलो ब्यांचबाट एसएपीहरु घनश्याम अर्याल, गणेश ऐर,पुरुषोत्तम कडेंल, प्रकाशजंग कार्की, वसन्त पन्त, ईश्वरबावु कार्की, दिलिप चौधरी, देवबहादुर बोहरा र राजेशलाल कर्ण डिआईजीको लागी बढुवाको लाइनमा छन् । त्यसैगरी पछिल्लो ब्याजबाट एसएपीहरु धिरज सिंह,उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामा दौडमा छन् । एसएसपीहरु सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रविन्द्र धानुक, अरुण विसी र सहकुल थापा समेत बढुवाको लागी दौडमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!