१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

प्रहरीले धमाधम कार्वाही थालेपछी दाङमा लकडाउन अवज्ञा गर्ने घटे

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

(सागर थापा)
दाङमा लकडाउनको अवज्ञा गर्नेको संख्यामा कमी आएको छ त्यस्ता सवारी चालक र व्यक्तिहरूलाई प्रहरीले कडाइ र कार्वाही थालेपछि लकडाउन उल्लंघन गर्नेहरु घटेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जांँचमा कडाइ र कार्वाही थालेपछि अवज्ञा गर्नेहरु घटेको बताए । उनका अनुसार दिनहो जसो मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तीमध्ये अटेरी गर्नेहरु पनि धेरै जनालाई पक्राउ गरेको छ ।
दाङ प्रहरीले अहिलेसम्म लकडाउन उल्लंघन गर्ने १४०० बराबरको सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । लक डाउनको उलंघन गर्नेहरु पैदल यात्रीलाई पनि पक्राउ गरि छाडेको थियो पटक पटक अटेरी गर्नेलाई सार्वजनिक मुद्दा समेत लगाउने तयारी रहेको दाङ प्रहरीले जनाएको छ ।
लकडाउनमा दिउँसो सुनसान रहे पनि बिहान र सांँझ अनावश्यक रूपमा मानिसहरू निस्कन थालेपछि प्रहरीले यसलाई पनि नियन्त्रण गर्ने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!