०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

कोरोना भएको भन्दै फेसबुक मार्फत अफवाह फैलाउने पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कञ्चनपुरमा कोरोना भाइरसबारे अफवाह फैलाएको आरोमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ का २३ वर्षीय गोपाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ।फेसबुकमा महेन्द्रनगरको अञ्चल अस्पतालम कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ भन्दै सुनारले स्टाटस लेखेका थिए।
फेसबुकमा स्टाटस पोस्ट गरी सर्वसाधारणमा अफवाह, डर, त्रास र भ्रम फलाउने कार्य गरेकाले सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए। सुनारलाई निवासबाटै पक्राउ गरी अनुसन्धानको कार्य भइरहेको उनले बताए। सुनारले चैत २० गते फेसबुकमा कोरोनाबारे अफवाह फैलाउने स्टाटस पोस्ट गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विभिन्न शक्ति केन्द्रको दबाबमा आफूलाई अनुकूल लागेका कार्यालय र स्थानमा बसिरहेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन थालिएको हो। तराई मधेशमा, हिमाली जिल्ला, लागूऔषध ब्यूरो, साइबर ब्यूरो, सिआइबी, मानवबेचविखन नियन्त्रण ब्यूरो तथा ट्राफिक कार्यालयहरूमा काजमा खटिएका प्रहरी कर्मचारीलाई जहाँ उनीहरूको दरबन्दी त्यहाँ पठाउन थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार […]

  पश्चिम् नवलपरासी । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ । वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाँज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको कृषि […]

  भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०८१÷०८२ मा भन्सार छली तथा अवैध चोरी निकासी नियन्त्रणमा ऐतिहासिक सफलता हात पारेको छ । प्रहरीले यस अवधिमा १२ करोड ६७ लाख ७१ हजार ७७९ रुपैयाँ बराबरको अवैध सामान बरामद गर्नुका साथै तस्करीमा संलग्न ११३ जनालाई पक्राउ गरेको छ । यो सफलताले सीमा क्षेत्रमा हुने अवैध […]

error: Content is protected !!