प्रकशित मिति : २३ चैत्र २०७६, आईतवार १८:१०

(एबिसी क्राईम ब्युरो)
पर्सा अवैध रुपमा भारततर्फ लैजाँदै गरेको डिजल करिब ४ सय लिटर र पेट्रोल करिब २ सय लिटर शनिबार बेलुका प्रहरीले बरामद गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको निर्णयलाई अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त परिमाणको डिजल र पेट्रोल छाडी मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
बरामद डिजल र पेट्रोल आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

प्रधान/सम्पादक नुकेन्द्र प्रताप सिंह
सम्पर्क 9848262615/9847845918
email- [email protected]

Copyright © 2015-2023 AbcSanchar.com
error: Content is protected !!