२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जिल्ला र नाकामा प्रहरीको चेकजाँचमा तीब्र कडाइ

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।
पहिलो पटक थपिएको लकडाउन २५ चैतमा सकिँदैछ । दोस्रो पटक कम्तीमा एक साता लकडाउन थप्ने तयारी भइरहेको बताइएको छ ।
लकडाउनका कारण बाटोमा फाटफुट सवारी साधनहरु सवारी पास बनाएर चलिरहेका छन् । नेपालमा कोरोना संक्रमित ९ पुगेसँगै सरकारले लकडाउनमा थप कडाइ गर्ने जनाएको छ ।
एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकामा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । राजधानीका मुख्य सडकहरु पूर्ण रुपमा बन्द छन् भने कतै फलफूल पसल र खाद्यान्न पसल भने खुलेका देखिन्छन् । सडक लगभग सुनसान छ । मान्छेको चहलपहल निकै पातलो छ । यद्यपि साँझपख भित्री सडकहरूमा भने मान्छेको चहलपहल हुने गरेको छ ।
यता लकडाउन तोड्नेको संख्या पनि उल्लेख्य रहेको छ । मुख्य सडकहरुमा लकडाउन तोड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर राख्ने गरेको छ भने भित्री सडकहरुमा व्यापक उल्लंघन भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!