२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीले आइतबार थप ५ सय ३ मोटरसाइकल र स्कुटर पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(महेन्द्र सिंह) बाँके चैत २४ लकडाउन उलङ्घन गर्नेहरुका विरुद्ध कडा रुपमा उत्रिएको बाँके प्रहरीले आइतबार बेलुका थप ५ सय ३ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ ।
आइतबार बेलुका प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ५ सय ३ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको जनाएको छ । शनिबार मात्र प्रहरीले ४ सय ४१ मोटरसाइकल र स्कुटरका चापी नियन्त्रणमा लिएको थियो ।
लकडाउनलाई कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने र नियन्त्रणमा लिइएका सवारी साधनका चापी लकडाउन समय अबधिभर फिर्ता नदिइने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।
प्रहरीको यो काम सर्वसाधारणले सकारात्मक रुपले लिएका छन । तर, नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले व्यवस्थापन गर्न सकेको देखिएको छैन । जुन स्थानमा नियन्त्रण गरिएको छ त्यही स्थानमा पार्किङ गरेर राख्दा कतिपय सवारी धनीले रातिको समयमा आफ्ना सवारी साधनलाई अर्को चापि प्रयोग गरेर कतिपयले डोर्याउदै पनि लग्ने गरेको पाइएको छ ।
नियन्त्रण गरिएका सवारी साधनलाई कुनै निश्चित स्थानमा लगेर पार्किङ गर्न सके यो कारवाही थप प्रभावकारी हुने देखिन्छ । त्यसैगरी, सहरको मुख्य सडकमा मात्र नभएर भित्री सडकमा समेत प्रहरी सक्रियताको आवश्यक देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]