०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

इन्द्रेणी युवा क्लब भालुवाङ्गद्वारा सुरक्षा र स्वास्थ्य निकायलाई स्वास्थ्य सामग्री प्रदान

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(बिदुर एमसी)
दाङको पूर्वी देउखुरी भालुवाङ्गस्थित इन्द्रेणी युवा क्लब, भालुवाङ्गले सुरक्षा निकाय र स्वास्थ्य निकायलाई दृष्टिगत गरि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
विश्व मानव जगत काेभिड 19 नामक नाेबेल काेराेना भाइरससङ्ग जुधिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल यतिखेर लक डाउनमा परेको छ ।
विभिन्न प्रकारका यात्रु र सेवाग्राहीहरुसित प्रत्यक्ष रुपमा काम गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु नै यस समयमा आफ्नो ज्यानको जोखिमको वास्ता नगरी आफ्नो कर्तव्य क्षेत्रमा लाग्नुपर्ने भएकोले उनीहरूले अत्यन्तै ठूलो खतरापूर्ण अवस्थामा छन् ।
यसै जटिलतालाई महसुस गरेर नै क्लबले सो सहयोग गरेको क्लबका अध्यक्ष भीमबहादुर मरासिनीले बताएका छन् ।
साेमवार अपरान्ह लालमटिया स्वास्थ्य चौकी भालुवाङ्ग, सिसहनिया स्वास्थ्य चौकी सिसहनिया, इलाका प्रहरी कार्यालय भालुवाङ्ग, ट्राफिक प्रहरी कार्यालय भालुवाङ्ग र सशस्त्र प्रहरी बल भालुवाङ्ग लगायतका निकायलाई साे सामग्रीहरु प्रदान गरिएको क्लबका काेषाध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
कोरोनाको उच्च जोखिमबाट सुरक्षा अपनाउन केही हदसम्म यी सामग्रीको प्रयोगले मद्दत हुनेभएको हुनाले उक्त सहयोग प्रदान गरिएको क्लबका सचिव जीवन शेर्पाले उल्लेख गरे ।
मास्क, स्यानी टाइजर लगायतका अन्य सामग्रीहरु ती निकायहरुलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय जन प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार , बुद्धिजीवी र व्यापारीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!