०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

इन्द्रेणी युवा क्लब भालुवाङ्गद्वारा सुरक्षा र स्वास्थ्य निकायलाई स्वास्थ्य सामग्री प्रदान

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(बिदुर एमसी)
दाङको पूर्वी देउखुरी भालुवाङ्गस्थित इन्द्रेणी युवा क्लब, भालुवाङ्गले सुरक्षा निकाय र स्वास्थ्य निकायलाई दृष्टिगत गरि स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ ।
विश्व मानव जगत काेभिड 19 नामक नाेबेल काेराेना भाइरससङ्ग जुधिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपाल यतिखेर लक डाउनमा परेको छ ।
विभिन्न प्रकारका यात्रु र सेवाग्राहीहरुसित प्रत्यक्ष रुपमा काम गर्नुपर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मिहरु नै यस समयमा आफ्नो ज्यानको जोखिमको वास्ता नगरी आफ्नो कर्तव्य क्षेत्रमा लाग्नुपर्ने भएकोले उनीहरूले अत्यन्तै ठूलो खतरापूर्ण अवस्थामा छन् ।
यसै जटिलतालाई महसुस गरेर नै क्लबले सो सहयोग गरेको क्लबका अध्यक्ष भीमबहादुर मरासिनीले बताएका छन् ।
साेमवार अपरान्ह लालमटिया स्वास्थ्य चौकी भालुवाङ्ग, सिसहनिया स्वास्थ्य चौकी सिसहनिया, इलाका प्रहरी कार्यालय भालुवाङ्ग, ट्राफिक प्रहरी कार्यालय भालुवाङ्ग र सशस्त्र प्रहरी बल भालुवाङ्ग लगायतका निकायलाई साे सामग्रीहरु प्रदान गरिएको क्लबका काेषाध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
कोरोनाको उच्च जोखिमबाट सुरक्षा अपनाउन केही हदसम्म यी सामग्रीको प्रयोगले मद्दत हुनेभएको हुनाले उक्त सहयोग प्रदान गरिएको क्लबका सचिव जीवन शेर्पाले उल्लेख गरे ।
मास्क, स्यानी टाइजर लगायतका अन्य सामग्रीहरु ती निकायहरुलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा स्थानीय जन प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार , बुद्धिजीवी र व्यापारीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!