०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

आफूखुसी राहत सङ्कलन तथा वितरण नगर्न प्रशासनको अनुरोध

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

(सागर थापा) दाङ जिल्लामा सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए।
आफूखुसी राहत सङ्कलन तथा वितरण गर्ने वा गराउनेलाई सङ्क्रमक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने छ, उनले भने, कोरोना भाइरस (कोभिड—१९) नियन्त्रण अभियानका लागि भनेर जिल्ला प्रशासन कार्यालयको स्वीकृति बिना नै राहत सङ्कलन कार्य भैरहेको भन्ने जन गुनासो आएपछि आफूखुसी राहत सङ्कलनमा रोक लगाइएको छ। यसका विरुद्ध गएमा कारवाही हुनेछ।
जिल्ला प्रशासन कार्यालय दाङले एक सूचना प्रकाशित गरी जिल्लामा विभिन्न व्यक्ति, फर्म, सङ्घसंस्था तथा नागरिक समाजलगायतले सङ्क्रमणको जोखिम कायमै रहेको अवस्थालाई बेवास्ता गर्दै नगद, जिन्सी, खाद्यान्न लगायतका सामग्री सङ्कलन गर्ने प्रयास गरेको तथा राहत वितरणमा सक्रिय भएकाले अहिलेलाई यस खालको कार्य नगर्न/नगराउन आग्रह गरेको छ। यदि कसैले आफ्नै तर्फबाट राहत वितरण गर्न चाहेमा स्थानीय आवश्यकता र औचित्य पुष्ट्याइँ सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासनको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न सकिने व्यवस्था मिलाइएको प्रकाशित सूचना उल्लेख गरिएको छ। ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!