२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

खजुरा गाउँपालिका पाँचमा विपन्न परिवारको राहत कार्यकर्तालाई स्थानीयबासीको आरोप

Logo
प्रकाशित बुधबार, चैत्र २६, २०७६

(महेन्द्र सिंह) बाँके चैत २६ ‌विश्वमा महामारी को रूपमा फैलिएको कोरोना कोविड १९ भाइरस विरुद्ध लक डाउन कायम रहेको अवस्था मा निम्न आम्दानी हुने तथा ज्याला मजदुरी गरेर खाने परिवार लाई सर्वत्र राहत वितरण गर्ने कार्य भइरहेको छ। खजुरा गाउँ पालिका वार्ड नम्बर ५ मा राहत वितरणमा नाता गोता र पार्टीका कार्यकर्तालाई तथा सम्पन्न परिवारलाई वितरण गरेको स्थानीय बासीले बताए।संकटको समयमा मानवीय सहयोग गर्न राज्यले न जाती ,न धर्म,न आफन्त भनी विभेद नराख्नु पर्ने बताए। वार्ड ले विपन्न परिवारलाई राहत वितरण नगरेको खुलासा गरेका थिए। ज्याला मजदूरी गरी खाने १५० भन्दा बढी घर धुरी विपन्न परिवारलाई राहत वितरणमा समावेश नगरिएकोले गाउँ पालिका घेराउ गर्ने राहत पीडित अगुवा तथा स्थानीय बासी समाज सेवी गरीबे शेखले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!