२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

काठमाडौंमा अलपत्र परेकालाई शुक्रबार र शनिबार गन्तव्यमा पठाउने सरकारकाे निर्णय.

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

काठमाडौं नेपाल सरकारले शुक्रबार र शनिबार उपत्यकामा रोकिएका सर्वसाधरणलाई उपत्यका बाहिर जान दिने सरकारले निर्णय गरेकाे छ । काठमाडौँमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको बताइएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । रक्षामन्त्री तथा उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलले सरोकारवाला मन्त्रीहरुसँग छलफल गरी काठमाडौंमा डेरा गरि बस्ने तथा मजदूरी गरिरहेका नागरिकहरुलाई घर जानका लागि भोलि र पर्सि दुई दिन आवश्यक व्यवस्था मिलाउन निर्णय गरिएको रक्षामन्त्रीका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले दैनिक अनलाइनलाई जानकारी दिनुभयो। काठमाडौंमा अप्ठ्यारोमा पर्नुभएकाहरुका लागि दुई दिन आवश्यक यातायातको व्यवस्था गरी पठाउने निर्णय भएको छ, उहाँले भन्नुभयो, मन्त्रीज्यूले सम्बन्धित मन्त्रीहरुलाई बोलाएर छलफल गर्नुभएको हो। काठमाडौंबाट बाहिर जानका लागि हो, बाहिरबाट काठमाडौं आउनका लागि होइन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!