१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

काठमाडौंमा अलपत्र परेकालाई शुक्रबार र शनिबार गन्तव्यमा पठाउने सरकारकाे निर्णय.

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

काठमाडौं नेपाल सरकारले शुक्रबार र शनिबार उपत्यकामा रोकिएका सर्वसाधरणलाई उपत्यका बाहिर जान दिने सरकारले निर्णय गरेकाे छ । काठमाडौँमा रहेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको बताइएकाे छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । रक्षामन्त्री तथा उच्चस्तरीय समितिका संयोजक ईश्वर पोख्रेलले सरोकारवाला मन्त्रीहरुसँग छलफल गरी काठमाडौंमा डेरा गरि बस्ने तथा मजदूरी गरिरहेका नागरिकहरुलाई घर जानका लागि भोलि र पर्सि दुई दिन आवश्यक व्यवस्था मिलाउन निर्णय गरिएको रक्षामन्त्रीका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले दैनिक अनलाइनलाई जानकारी दिनुभयो। काठमाडौंमा अप्ठ्यारोमा पर्नुभएकाहरुका लागि दुई दिन आवश्यक यातायातको व्यवस्था गरी पठाउने निर्णय भएको छ, उहाँले भन्नुभयो, मन्त्रीज्यूले सम्बन्धित मन्त्रीहरुलाई बोलाएर छलफल गर्नुभएको हो। काठमाडौंबाट बाहिर जानका लागि हो, बाहिरबाट काठमाडौं आउनका लागि होइन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ भर्खरै इलाका प्रहरी कार्यालय भालुवाङमा सरुवा भई आएका प्रहरी निरीक्षक न्यौपानेले बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरू सँगको परिचयात्मक कार्यक्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले सञ्चारकर्मीहरूसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विभिन्न आपराधिक गतिविधि नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कार्यक्रममा सहभागी पत्रकारहरूले राप्ती क्षेत्रको शान्ति सुरक्षा सुदृढीकरण, […]

दाङ । जागिरे जीवनका केही फरक अनुभवहरूको सँगालो बोकी करिब १४ महिनाको अवधिसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा कार्यरत रहँदा मलाई विभिन्न तवरले मार्गदर्शन गर्नुहुने आदरणीय लुम्बिनी प्रदेश प्रहरी कार्यालय का प्रमुख श्रद्धेय श्रीमान् भूपेन्द्रबहादुर खत्रीज्यू, दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय का प्रमुखज्यूहरू, जिल्ला प्रहरी कार्यालय दाङका […]

बाँके । नेपालगन्ज भारतको सीमा जोडिएको बाँके जिल्लाको विभिन्न नाकाहरु हुँदै साईगाउँको नाकाको बाटो हुँदै खसी-बाख्रा व्यापक तस्करी हुने गरेको पाएको छ । जब कि सुरक्षाको लागि पहिलो चरणमा सशस्त्र प्रहरी बिओपी छ दोस्रो चरणमा नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी हुदाहुदै पनि कसरी तस्करी हुन्छ स्थानीयहरुले गुनासो गर्दै प्रहरीहरुले अहिलेसम्म के हेरेर बसेको बताएका छन् […]

error: Content is protected !!