२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

सुत्केरीलाई पाेशिलाे आहारा बाढ्दै वडाअध्यक्ष – वली

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(कपिल लामिछाने) नेपालमा अहिले चलिरहेकाे लकडाउनका कारण कतिपय बृद्ध,बृद्धा,दैनिक ज्याला मजदुरी गर्ने मानीसहरुलाईकाे दैनिक गुजारा कष्टकर भईरहेकाे छ । काेराेना राेग राेकथामका लागी नेपाल सरकारले गरेकाे लकडाउनबाट प्रत्यक्ष रुपमा ज्याला मजदुरी गर्ने मानीसहरु समस्यामा परेका छन् । साथै अहिलेकाे लकडाउनका कारण गाउँ,शहरमा बस्तुहरुकाे अभाव पनि देखिरहेकाे छ । यसबिचमा सुत्केरी भएका महिलाहरुलाई पाेशिलाे खानाका लागी बजारमा मासु,अण्डा लगाएतका बस्तुहरुकाे सहज रुपमा परिपूर्ती नहुदाँ उनिहरुकाे बच्चाहरुकाे बिकासका लागी समस्या परेकाे देखिन्छ । यसै कुरालाई मध्येनजर गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले आफ्नाे वडामा सुत्केरी भएका, दुई(२) बिपन्न परिवारका सदस्यहरुलाई आज घरमा नै गई २५ केजि चामल, १ लिटर तेल, १ केजि नुन र १/१ क्यारेट अण्डा हस्तान्तरण गर्नुभएकाे छ । शुभकाेटी टाेलमा बसाेबास गर्ने राजु नेपालीकाे श्रीमती र प्रविण नेपालीकाे श्रीमतीलाई उक्त राहत वितरण गरिएकाे हाे । राहत पाएसँगै उनिहरुकाे मुहारमा खुसीकाे किरण देख्न सकिन्थ्याे, राहत लिईसकेपछि राजु नेपालीले भने हामीलाई लागेकाे थिएन हामीले केहि राहत पाउछाैँ भनेर तर वडा अध्यक्ष घरमा नै आएर मेरी श्रीमती र बच्चाकाे भविस्य साेचेर राहत दिनुभयाे हामी एकदम खुसी छाैँ भन्दै आफ्नाे खुसी ब्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।