२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

खुला सीमानाकाहरुमा कडाई गर्न सरकारको निर्देशन…

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

(एबीसी क्राइम ब्युरो)
काठमाडौँ चैत २७ नेपाल सरकारले भारतसँगको खुला सिमानाका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारी नियन्त्रण कार्य थप चुनौती बन्ने देखिएपछि नौसय २५ सीमा नाकामा कडाई गर्न निर्देशन दिएको छ ।
त्यस्तै, ‘लक डाउन’ पनि केही समय लम्बिन सक्ने गृह मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग एकहजार भन्दा बढी खुला सीमा रहेका छन् । ती मध्ये नौ सय २५ स्थानमा सशस्त्र प्रहरी सहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्रालयका एक उच्चअधिकारीका अनुसार, सीमा नाका अनुगमन तथा आवतजावतमा कडाइ गर्न सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको छ । बोर्डर (सीमा) विओपी सुरक्षा सशस्त्र प्रहरीको जिम्मेवारी भएकाले सशस्त्र प्रहरी वलको पाँचहजार जनशक्ति फिल्डमा खटिएको छ ।
नेपालको पूर्व–पश्चिम र दक्षिणको गरी २६ जिल्लाहरू भारतसँग जोडिएका छन् । ती मध्ये धेरै जिल्लाहरूमा वारिगाँउ पारिबारी, पारी गाँउ वारीबारि रहेका छन् । तराईका केही जिल्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी र दार्चुलामा चोरबाटो प्रयोग भएको पाइएको छ ।
सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले भारतमा रहेका नेपाली लुकिछोपी चोरबाटो प्रयोग गरी आउन थालेपछि थप कडाई गरिएको बताउनुभयो । केही दिनअघि बैतडीमा चोरबाटो प्रयोग गरी आएका एकसय ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, बुधबार चोरबाटो प्रयोग गरी दार्चुलामा प्रवेश गरेका ३३ जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरमा पनि कृष्णपुर नयाँवस्ती र दोधरा चाँदनी लगायतका सीमाबाट अवैध प्रवेश भएपछि २० गतेबाट थप कडाई गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
मन्त्रालयले पनि सीमा नाकामा २४ घण्टा सुरक्षा पहरा दिन संयुक्त सुरक्षा गस्ती, स्थानीय प्रशासनलाई उच्चसुरक्षा सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । गृह प्रवक्ता केदारनाथ शर्माले दुबै देशका सरकारबीच भएको सहमति अनुसार सीमा कडाई गरिएको स्पष्ट पार्नुभयो ।
‘लक डाउन’ को क्रममा सीमा पारि रोकिएका नेपालीको व्यवस्थापन भारत सरकारले र वारि रोकिएका भारतीय नागरिकको नेपाल सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । दुई छिमेकी मुलुक चीनको तुलनामा भारतमा फैलिएको कोरोना संक्रमण नेपालका लागि चुनौती बन्दै गएको छ ।
नेपालले आन्तरिक स्वास्थ्य सतर्कता तथा उपचार सेवा विस्तार गरेसंगै नेपाल–भारत सीमा कडाई गर्दा कोरोना भाइरस महामारीको संक्रमणबाट नेपाल सुरक्षित राख्न सक्ने अपेक्षा गरिएको छ ।
सीमा जोडिएका प्रत्येक स्थानीय तहले अबैध प्रवेश र घुसपैठमा प्रतिवन्ध लगाइ सकेका छन् । सीमा नाकामा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको वडास्तरसम्म सहकार्य गरी सेना, प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गरेको पाइएको छ । तर, कतिपय स्थानमा भने मध्यरातमा हिँडेर वारि आउने र पाहुना लाग्ने गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!