२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राहत वितरणमा मापदण्ड अनुसार पर्नेहरुलाई राहत दिनु पर्ने नेकपा शुद्धोधनको माग

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

कपिलवस्तु । २७ चैत्र
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा वितरण गरिएको राहत मापदण्ड अनुसार भए पनि सोही मापदण्डमा पर्ने केहि छुट भएकोले त्यसलाई पनि दिनु पर्ने माग गरेको छ । राहत समाग्री पाएको व्यक्ति सरह विपन्न रहेका सोही अनुसारका अझै बाँकी रहेकोले सबैलाई दिनु पर्ने माग गरिएको छ । पार्टी तथा आप्ःनो नजिकको व्यक्तिलाई राहत वितरण गरिएको समेत अरोप लगाउदै बाकी रहेको सबैलाई दिनु पर्ने माग गरिएको नेकपा शुद्धोधन गाउँ कमिटि अध्यक्ष विनोद चौधरीले बताएका छन । गाउँ कमिटि अध्यक्ष चौधरीले एक विज्ञाप्ती जारी गर्दै दैनिक ज्यालादारीमा काम गरि जिविको पार्जन गर्दै आएका गरिव, असहाय, मजदुर, होटल, पसल, कारखानामा तथा इटा भट्टामा काम गर्ने श्रमिकलाई राहत दिनु पर्ने ठाँउमा दलगतलाई दिएको अरोप लगाईएको छ । संघिय सरकारले जारी गरेको राहत सम्बन्धी मापदण्ड २०७६ देश भरीमा राहात वितरण गर्न निर्देशन गरिएता पनि शुद्धोधन गाउँपालिकाले सो मापदण्डको दफा ३ बमोजिमका व्याक्तीहरूलाई दफा ५ बमोजिम राहात सामाग्री उपलब्ध गराउनु पर्ने र राहात पाउने व्याक्तिहरुको विवरण ३ दिन अगावै सार्बजनिक गर्नु पर्ने स्पष्ट व्यवस्था हुंदा हुदै पनि त्यसको विपरीत कार्य गरेको बताईएको छ । स्थानीय सरकार संघीय सरकारको निर्देशन अुनसार दलगत भावना भन्दा माथि उठी वास्तविक राहात पाउन योग्हरुलाई राहत दिनु सट्टा आफ्ना कार्यकर्ताहरुलाई राहात वितरणको गरेको प्रति नेपाल कम्युनिष्ट पार्टी शुद्धोधन गाउँ कमिटिको गम्भिर ध्यानाकर्षण विज्ञाप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!