२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

निकै जोखिम र अनिश्चित बनेका स्वास्थकर्मी सुरक्षाकर्मी संचारकर्मी

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(सागर थापा/बिदुर एमसी)
६. नम्बर कर्णाली प्रदेशको सल्यान जिल्लाकाे कपुरकाेटमा लक डाउनकाे सङ्गिन पूर्ण अवस्थामा पनि स्वास्थ्यकर्मी ममता देवकोटासङ्ग कुरा गर्दै हामी सञ्चारकर्मिहरु ।
सरकारले सबै नागरिकहरुलाई लक डाउनकाे अवधिभर घरभित्र बस्ने अाव्हान गरेको छ र नागरिकहरुले पनि उक्त लक डाउनकाे पूर्ण रूपमा पालना गरेको हामीले रिपोर्टिङमा पाएका छौँ ।
तर स्वास्थ्यकर्मि, सुरक्षाकर्मी र हामी सञ्चारकर्मिहरु भने अाफ्नाे कार्यक्षेत्रमा नखट्ने हाेभने अाम नागरिकहरुकाे सेवा र सुरक्षा हुन सक्दैन । भनिन्छ नि, आफू नमरे स्वर्ग देखिदैन ।
भनाइको अर्थ, यदि यी तीनथरीका कर्मिहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मि र सञ्चारकर्मिहरु घरबाट बाहिर ननिस्कने हाे र अाफ्नाे कार्यक्षेत्रमा नखट्ने हाेभने अाम नागरिकहरुकाे अवस्था के हाेला ? प्रश्न गम्भीर छ ।
काेभिड १९ नामक नाेबेल काेराेना भाइरसका कारण विश्व मानव समुदायको अवस्था यतिखेर निकै भयावह बनेको छ । काेराेना भाइरसबाट मर्ने र सङ्क्रमित हुनेको सङ्ख्या हरेक मिनेट मिनेटमा द्रुतगतिमा बढदो छ ।
यस्तो कठिन परिस्थितिमा पनि अाफ्नाे ज्यानको कुनै प्रवाह नगरी नागरिकको शान्ति सुरक्षा र सेवामा अहाेरात्र खटिने यी तीनथरीका कर्मिहरुको अवस्था भने निकै कहालीलाग्दो छ ।
नेपाल सरकारका निजामती सेवाका कर्मचारी र अरुकाे तलवबाट केही रकम काटिनु त ठिकै पनि हाे ।
तर यसरी अाफ्जाे ज्यानै जाेखिममा हालेर दिनरात अाम नागरिकको सेवा र सुरक्षाका लागि बाहिर खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुकाे तलबबाट केही रकम काटेको छ सरकारले । जुन अत्यन्तै दुखलाग्दाे र लाजमर्दो कुरा हाे ।
यस्तो अवस्थामा त विभिन्न तरिकाले यिनीहरूलाई अझै प्रोत्साहन गर्नुपर्ने सरकारको दायित्व होइन र हजुर ? मैले नबुझेको कुरा ।
हामी सञ्चारकर्मिहरुकाे त कुरै नगरौं झन् । खाएस पिएस तेरा घरमा, सुत्न आएस मेरा घरमा, भनेजस्तै छ । हुन त धेरै पत्रकारहरु घरभित्र छन् यतिखेर । कतिपय पत्रकारहरुले घरभित्र बसे तापनि आफ्नो काम गरिरहेका छन् ।
घर बाहिर कुदेर काम गर्ने होस् वा घरमै बसेर सूचना समाचारहरु सम्प्रेषण गर्ने सञ्चारकर्मिहरुकाे अवस्था निकै नाजुक छ र खतरामा छ । अनिश्चित पनि त्यत्तिकै छ । काम त गर्छन् तर सामान्य रुपमा बिहान बेलुकाकाे छाक टार्नकै पिरलोमा छन् उनीहरूले ।
र पनि धन्न जसोतसो आफ्नो काम कर्तव्य छाेडेका छैनन् । अरु सेवा सुविधाको कुरा त सपनाको कुराजस्तै भयो झन् ।
होइन के, हाम्रो सरकार यतिसारो गरिव छ र ? पैसा नभएकोले गरिव हो कि मानसिकता गरिव भएको हाेला ? बुझ्नै सकेको छैन हामी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!