२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

निकै जोखिम र अनिश्चित बनेका स्वास्थकर्मी सुरक्षाकर्मी संचारकर्मी

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(सागर थापा/बिदुर एमसी)
६. नम्बर कर्णाली प्रदेशको सल्यान जिल्लाकाे कपुरकाेटमा लक डाउनकाे सङ्गिन पूर्ण अवस्थामा पनि स्वास्थ्यकर्मी ममता देवकोटासङ्ग कुरा गर्दै हामी सञ्चारकर्मिहरु ।
सरकारले सबै नागरिकहरुलाई लक डाउनकाे अवधिभर घरभित्र बस्ने अाव्हान गरेको छ र नागरिकहरुले पनि उक्त लक डाउनकाे पूर्ण रूपमा पालना गरेको हामीले रिपोर्टिङमा पाएका छौँ ।
तर स्वास्थ्यकर्मि, सुरक्षाकर्मी र हामी सञ्चारकर्मिहरु भने अाफ्नाे कार्यक्षेत्रमा नखट्ने हाेभने अाम नागरिकहरुकाे सेवा र सुरक्षा हुन सक्दैन । भनिन्छ नि, आफू नमरे स्वर्ग देखिदैन ।
भनाइको अर्थ, यदि यी तीनथरीका कर्मिहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मि र सञ्चारकर्मिहरु घरबाट बाहिर ननिस्कने हाे र अाफ्नाे कार्यक्षेत्रमा नखट्ने हाेभने अाम नागरिकहरुकाे अवस्था के हाेला ? प्रश्न गम्भीर छ ।
काेभिड १९ नामक नाेबेल काेराेना भाइरसका कारण विश्व मानव समुदायको अवस्था यतिखेर निकै भयावह बनेको छ । काेराेना भाइरसबाट मर्ने र सङ्क्रमित हुनेको सङ्ख्या हरेक मिनेट मिनेटमा द्रुतगतिमा बढदो छ ।
यस्तो कठिन परिस्थितिमा पनि अाफ्नाे ज्यानको कुनै प्रवाह नगरी नागरिकको शान्ति सुरक्षा र सेवामा अहाेरात्र खटिने यी तीनथरीका कर्मिहरुको अवस्था भने निकै कहालीलाग्दो छ ।
नेपाल सरकारका निजामती सेवाका कर्मचारी र अरुकाे तलवबाट केही रकम काटिनु त ठिकै पनि हाे ।
तर यसरी अाफ्जाे ज्यानै जाेखिममा हालेर दिनरात अाम नागरिकको सेवा र सुरक्षाका लागि बाहिर खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुकाे तलबबाट केही रकम काटेको छ सरकारले । जुन अत्यन्तै दुखलाग्दाे र लाजमर्दो कुरा हाे ।
यस्तो अवस्थामा त विभिन्न तरिकाले यिनीहरूलाई अझै प्रोत्साहन गर्नुपर्ने सरकारको दायित्व होइन र हजुर ? मैले नबुझेको कुरा ।
हामी सञ्चारकर्मिहरुकाे त कुरै नगरौं झन् । खाएस पिएस तेरा घरमा, सुत्न आएस मेरा घरमा, भनेजस्तै छ । हुन त धेरै पत्रकारहरु घरभित्र छन् यतिखेर । कतिपय पत्रकारहरुले घरभित्र बसे तापनि आफ्नो काम गरिरहेका छन् ।
घर बाहिर कुदेर काम गर्ने होस् वा घरमै बसेर सूचना समाचारहरु सम्प्रेषण गर्ने सञ्चारकर्मिहरुकाे अवस्था निकै नाजुक छ र खतरामा छ । अनिश्चित पनि त्यत्तिकै छ । काम त गर्छन् तर सामान्य रुपमा बिहान बेलुकाकाे छाक टार्नकै पिरलोमा छन् उनीहरूले ।
र पनि धन्न जसोतसो आफ्नो काम कर्तव्य छाेडेका छैनन् । अरु सेवा सुविधाको कुरा त सपनाको कुराजस्तै भयो झन् ।
होइन के, हाम्रो सरकार यतिसारो गरिव छ र ? पैसा नभएकोले गरिव हो कि मानसिकता गरिव भएको हाेला ? बुझ्नै सकेको छैन हामी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!