२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

रौतहट मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ ।
मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् ।
बिबीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए ।
प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनिमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेसक्याम्पबाट ठूलो सङ्ख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।
प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए ।
अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । देशभरबाट कैदीबन्दीले टीका लगाएको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, “दुई सय ३७ जना आफन्तजनले कैदी बन्दीसँग भेट गर्दै दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदी बन्दी खुसी भएका छन् ।’’ विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे […]

भन्सार अगाडिको ब्यारियर जमुनाहा नाकामा सारिए पछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज बाँके । नेपालगन्जस्थित पुरानो भन्सार कार्यालय अगाडि रहेको ब्यारियर राति १० बजेपछि बन्द गरिंदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समयमा नेपालभित्रै आवागमन गर्न समस्या भएको थियो । भन्सार कार्यालय नयाँ निर्माण गरिएको आइसीपीमा सारिसकिएको हुँदा स्थानीयको मागलाई […]

  बाँके । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो । उहाँले यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महा महोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित महामहोत्सव […]

error: Content is protected !!