२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२ नम्बर वडा सदस्य चौधरीले भालुवाङ्गमा यात्रुहरुलाई खाना खुवाए

Logo
प्रकाशित शनिबार, चैत्र २९, २०७६

(बिदुर एमसी) दाङ चैत २९ भालुवाङ देउखुरीस्थित राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदश्य लालबहादुर चौधरीले ८ जना यात्रुलाई खाना खुवाएका छन् । चौधरीले आफ्नो घरमै पकाएर ल्याएको भात, दाल, आलुको तरकारी र अचार ल्याएर भालुवाङ्ग पुल्चोकस्थित राप्ती समितिको काउण्टरनेरकाे यात्रु प्रतिक्षालयमा ती यात्रुहरूको अगाडि राखिदिए । रुपन्देहीको बुटवलबाट पैदलमार्ग हिडेर आएका ती ८ जनाको सङ्ख्यामा रहेका यात्रुहरूले आफ्नै हातमा डाडु पन्यु लिएर थपि थपि खाना खाए ।त्यतिबेलासम्म ती वडा सदश्य चौधरी त्यहीँ उभिएका थिए । जतिबेला सञ्चारकर्मिहरु त्यहाँ पुगेका थिए ।उनीहरू बुटवलबाट आफ्नो घर धेरैजसोले बर्दिया र केहीले कैलाली जाने बताएका छन् । तत्पश्चात त्यहाँ ड्युटीमा तैनाथ सुरक्षाकर्मिहरुले उनीहरूलाई पूर्वतर्फबाट आएको मालवाहक ट्रकमा बसालेर गन्तव्यमा जानका लागि पठाइदिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!