२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

काठमाडौं परिसर र अपराध महाशाखाका लागि SSP हरुको प्रतिस्पर्धा सुरु

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

(एबिसी क्राइम ब्युरो)
काठमाडौं नेपालको डिआईजी बढुवा सिफारिस सँगै प्रहरीमा पदस्थापन र सरुवाको दौडधुप पनि सुरु भएको छ । शुक्रबार सिफारिस भएका १० डिआईजीको आगामी साता बढुवापछि पदस्थापन हुने छ । पदस्थापनका लागि प्रदेश नम्बर १, बागमती, गण्डकी र ५ नम्बरमा प्रतिस्पर्धा छ ।
त्यस्तै बढुवासँगै काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व पनि रिक्त हुँदै छ । महाशाखाका सहकुल थापा तथा परिसरका उत्तमराज सुवेदीको बढुवा सिफारिस भएपछि ती कार्यालयका लागि एसएसपीबीच प्रतिस्पर्धा सुरु भएको छ । परिसर र महाशाखाका प्रमुख दाबेदार उमेशराज जोशी र श्यामलाल ज्ञवाली हुन् ।
सो ब्याचमा पहिलो नम्बरमा बढुवा भएका सन्दीप भण्डारीले दुई पटक इन्चार्ज पाइसकेका छन्, दोस्रो नम्बरमा बढुवा भएका टेक प्रसाद राई ललितपुरको प्रमुख छन् । जोशी र ज्ञवालीले इन्चार्ज हुने अवसर पाएका छैनन् । जोशी हाल प्रवक्ताका रुपमा कार्यरत छन् । ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा छन् । उनी प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् । अन्य केही एसएसपीले पनि दुई कार्यालयका लागि चासो देखाएका छन् । सिआईबीमा हुँदा अपराध अुनसन्धानमा उत्कृष्ट भएकी किरण बज्राचार्यको पनि अपराध महाशाखामा इन्चार्ज हुने सम्भावना छ । एसएसपी दीपक थापाले पनि सरुवाका लागि सक्रियता बढाएका छन् ।
साथै अबको सरुवामा रामदत्त जोशी, दीपक थापा, बुद्धिराज गुरुङ, पोषराज पोखरेल, टेकबहादुर तामाङले लगायतको पनि जिम्मेवारी हेरफेर हुने सम्भावना छ ।
हालै बढुवामा छुटेका सिनियर एसएसपीहरुलाई पनि इन्चार्ज दिनुपर्ने दबाब गृह मन्त्रालयमाथि छ । दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]