०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

काठमाडौं परिसर र अपराध महाशाखाका लागि SSP हरुको प्रतिस्पर्धा सुरु

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

(एबिसी क्राइम ब्युरो)
काठमाडौं नेपालको डिआईजी बढुवा सिफारिस सँगै प्रहरीमा पदस्थापन र सरुवाको दौडधुप पनि सुरु भएको छ । शुक्रबार सिफारिस भएका १० डिआईजीको आगामी साता बढुवापछि पदस्थापन हुने छ । पदस्थापनका लागि प्रदेश नम्बर १, बागमती, गण्डकी र ५ नम्बरमा प्रतिस्पर्धा छ ।
त्यस्तै बढुवासँगै काठमाडौं परिसर र अपराध महाशाखाको नेतृत्व पनि रिक्त हुँदै छ । महाशाखाका सहकुल थापा तथा परिसरका उत्तमराज सुवेदीको बढुवा सिफारिस भएपछि ती कार्यालयका लागि एसएसपीबीच प्रतिस्पर्धा सुरु भएको छ । परिसर र महाशाखाका प्रमुख दाबेदार उमेशराज जोशी र श्यामलाल ज्ञवाली हुन् ।
सो ब्याचमा पहिलो नम्बरमा बढुवा भएका सन्दीप भण्डारीले दुई पटक इन्चार्ज पाइसकेका छन्, दोस्रो नम्बरमा बढुवा भएका टेक प्रसाद राई ललितपुरको प्रमुख छन् । जोशी र ज्ञवालीले इन्चार्ज हुने अवसर पाएका छैनन् । जोशी हाल प्रवक्ताका रुपमा कार्यरत छन् । ज्ञवाली महानगरीय प्रहरी कार्यालयमा छन् । उनी प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीका भाई समेत हुन् । अन्य केही एसएसपीले पनि दुई कार्यालयका लागि चासो देखाएका छन् । सिआईबीमा हुँदा अपराध अुनसन्धानमा उत्कृष्ट भएकी किरण बज्राचार्यको पनि अपराध महाशाखामा इन्चार्ज हुने सम्भावना छ । एसएसपी दीपक थापाले पनि सरुवाका लागि सक्रियता बढाएका छन् ।
साथै अबको सरुवामा रामदत्त जोशी, दीपक थापा, बुद्धिराज गुरुङ, पोषराज पोखरेल, टेकबहादुर तामाङले लगायतको पनि जिम्मेवारी हेरफेर हुने सम्भावना छ ।
हालै बढुवामा छुटेका सिनियर एसएसपीहरुलाई पनि इन्चार्ज दिनुपर्ने दबाब गृह मन्त्रालयमाथि छ । दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!