२७ आषाढ २०८२, शुक्रबार
11-07-2025 , Fri
×

सीमा क्षेत्रहरुमा छ हजार सशस्त्र प्रहरी बल परिचालन

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

काठमाडाैं सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ । सीमा क्षेत्रमा अवैध रुपमा आवागमन नहोस् भन्ने ध्येयका साथ लकडाउनलाई प्रभावकारी बनाउन एक हजार ६८ स्थानमा पिकेट स्थापना गरी उक्त परिमाणमा जनशक्ति खटाइएको हो । केही स्थानमा भने सीमा पूर्ण रुपमा नै बन्द गरिएको छ भने कोही कसैलाई पनि आवतजावत गर्न नदिइने प्रबन्ध गरिएको छ । छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टर (सिसिएमसी)मा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बललाई नै थप प्रभावकारी रुपमा लकडाउन पालना गराउन परिचालन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार लकडाउनका समयमा हुने अवैध आवतजावतका कारण कोरोनाको सक्रमण फैलने सन्त्रासलाई रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बललाई उल्लेख्य मात्रामा परिचालन गरिएको र उनीहरुले २४ सै घण्टा सीमा निगरानी गरिरहेका छन् । पछिल्ला दिनमा भारतमा कोरोना सङ्क्रमणको दर बढीरहेको कारण पनि नेपालमा थप जोखिम उत्पन्न हुने अवस्थालाई सरकारले विशेष ख्याल गरेको छ । आज मात्रै वीरगञ्जमा थप तीन जनामा कोरोना भाइरस सक्रमण देखिएकाले आवश्यक परेको खण्डमा थप जनशक्ति समेत परिचालन हुन सक्ने सरकारको भनाइ छ । नेपाल–भारत सीमा नाकाको नियमति निगरानी गरी आवागमन पूर्णत बन्द गरिएको छ । देशभरको दैनिक शान्ति सुरक्षाको अवस्था समीक्षा गरी आवश्यकताअनुसार समन्वयात्मक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बाइस सय नेपाली भारतीय क्वारेन्टाइनमा भारतमा कूल २ हजार २३० जना नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । उनीहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार १४ दिन क्वारेन्टाइनमा बसेपछि नेपाल आउन सक्ने र नेपालमा समेत थप परीक्षण गरेपछि मात्रै आ–आफ्नो घरमा जान सक्ने छन् तर उनीहरु पुनः घरमा नै क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै नेपालतर्फ पनि कूल ६६१ जना भारतीय क्वारेन्टाइनमा छन् । नेपाल भारत सीमा क्षेत्रमा रहेका ती नागरिकलाई नेपालतर्फ प्रदेश सरकारको समन्वयमा स्थानीय तहले र भारतमा रहेका नेपाली नागरिकलाई भारत सरकारले आवश्यक प्रबन्ध गरेको छ । ५७ हजार बढीले लकडाउन उल्लंघन गरे प्रवक्ता डा देवकोटाका अनुसार शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ । बिना काम सार्वजनिक स्थानमा गएको र आफूखुसी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो । ती मध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ । यस्तै ३२ हजार ७२४ वटा सवारी साधन समेत सो अवधिमा पक्राउ परेको छ । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ । उहाँले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गर्नुभयो । सिसिएमसीमा शान्ति सुरक्षाको सम्पूर्ण काम तथा विवरण भने गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ । देशका विभिन्न स्थानमा रहेका ४ हजार ४६ विदेशी पर्यटकलाई विभिन्न माध्यमबाट उद्धार गरी काठमाडौँ ल्याई उनीहरुलाई स्वदेश फिर्ता गरिएको छ । टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी लकडाउन पछि टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी रहेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ । नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको छ । हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ । कलसेन्टरसमेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ । यस्तै विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारवाहीको लागि सिसिएमसीअन्तर्गत अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ । यस्तै कोभिड–१९ मोबाइल एप्समार्फत पनि एकीकृतरुपमा सूचना संकलन भइरहेको छ । प्रदेश, जिल्ला र स्थानीय तहलाई पिपिईको प्रयोगसम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड–१९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्त्री कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्थासम्बन्धी कार्यविधि , फिबर क्लिनिक, द्रूत नमूना परीक्षणसम्बन्धी कार्यविधिसमेत तयार गरी लागू गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीबीच एकता हुने भएको छ। माधवकुमार नेपाल र वामदेव गौतमबी भएको सहमतिअनुसार आगामी साउन २ गते दुई दलबीच एकता हुने भएको हो। वामदेव नेकपाकालमा पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएका थिए। पछिल्लो समयसम्म उनले वामपन्थीहरुबीच एकताको लागि प्रयास गरेका थिए। […]

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले बिहीबार सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सूचना निकालेको छ । डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्र प्रहरीमा डीआईजीको एक पद एक महिनादेखि रिक्त छ । त्यसमा कसलाई बढुवा गर्ने भन्ने सहमति नजुट्दा सूचना नै निकालिएको थिएन । सहमति भएसँगै सूचना प्रकाशन भएको स्रोत बताउँछ […]

बुटवल । सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ का अध्यक्ष र सचिवको घर बचतकर्ताले मध्यरातसम्म घेराउ गरेका छन् । बिहीबार दिउँसो बचतकर्ताले व्यवस्थापक वसन्त पराजुलीको घर घेराउ .गरेकोमा साँझदेखि राति १ बजेसम्म अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाको घर घेराउ गरेका हुन् । सयौंको संख्यामा बचतकर्ता घर घेराउ […]

error: Content is protected !!