२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

पूर्वराजा शाहले गरे २ करोड कोरोना कोषमा सहयोग

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

काठमाडौं पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथाम, राहत तथा उपचार कोषमा २ करोड रुपैयाँ उपलव्ध गराएका छन्। पूर्व राजा शाहले उक्त रकम हिमानी कोषमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई उपलव्ध गराएका हुन्। हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझेका हुन्। रकम हस्तान्तरण गर्दै हिमानी कोषले जम्मा गरेको उक्त रकम कोभिड(१९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सही सदुपयोग हुने विश्वास पूर्वराजा शाहले विश्वास लिएको जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!