२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एम्बुलेन्समा नक्कली बिरामी बोकेको आरोपमा ४ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, बैशाख ०२, २०७७

(एबिसी क्राईम ब्युरो)
एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा सल्यानमा एम्बुलेन्स सहित ४ जना पक्राउ परेका छ्न।सरकारले कोरोना भाईरस (कोभिड १९) को संक्रमण हुन नदिन र उच्च स्वास्थ्य सतर्कता अपनाउन गरेको लकडाउनमा झुठो कागजपत्र र नक्कली बिरामी बनाई एम्बुलेन्स दुरुपयोग भएको खबर पाएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गत ३० गते राती १० बजे रुकुमबाट दाङ तर्फ जाँदै गरेको मानव परोपकार तथा समाज कल्याण केन्द्र दाङको रा १ च ५१२ नम्बरको एम्बुलेन्स र एम्बुलेन्समा सवार ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
झुठो कागजपत्र र नक्कली बिरामी बनाई यात्रुलाई ओसार पसार गरेको गोप्य सूचनाका आधारमा बागचौर नगरपालिकाको सिमखोलीमा रहेको प्रहरी चेक प्वाइन्टबाट एम्बुलेन्स त्यसमा सवार नक्कली बिरामी सहित ३ जना र चालकलाई पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले बताएका छन ।
पक्राउ पर्नेमा दाङको लमही नगरपालिका ३ बस्ने मिनराज सुबेदी, रबिन चौधरी, दिप्तु चौधरी र एम्बुलेन्स चालक शान्तिनगर २ बाघमारेका गिरिराज खत्री रहेको प्रहरिले जनाएको छ। पक्राउ परेकाहरुले चितवनको भरतपुरमा रहेको अस्पतालमा जानको लागि एम्बुलेन्समा सवार एक ब्यक्तिलाई गम्भीर बिरामी बनाई उक्त ब्यक्ति र सवार सम्पुर्णको नाम थर परिवर्तन गरि पास बनाएको प्रहरी प्रमुख खतिवडाले बताए।
पक्राउ परेको एम्बुलेन्स र त्यसमा सवार चालक सहित ३ जना नक्कली ब्यक्तीलाई अहिले ईप्रका थारमारेमा राखिएको छ।उनिहरुलाई लकडाउन उल्लंघन,एम्बुलेन्स दुरुपयोग,नक्कली कागजपत्र बनाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको र अनुसन्धान जारी रहेको प्रहरिले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]