२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

नेपाल प्रहरीको SSP को बढुवा हुदैं को को हुन त १९ भाग्यमानी SP

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

(एबिसी क्राइम ब्युरो)
काठमाडौं नेपाल प्रहरीमा एसएसपी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा रिक्त १९ जना एसएसपी पदको लागी ४० जना एसपी प्रतिस्पर्धामा छन् । प्रहरी मुख्यालयले बढुवामा योग्य रहेका सम्भावित उम्मेदवारहरुको सुची तयार पारेर प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयसंग अनौपचारिक छलफल गरिसकेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले प्रधानमन्त्री केपी ओलीसंग भेटेर यसबारेमा छलफल गरिसकेका छन् ।
नेपाल प्रहरीमा एसएसपी बढुवाको लागी गृहसचिवको अध्यक्षतामा समिति गठन गर्नुपर्ने नियम छ । समितिमा प्रहरी महानिरीक्षक सदस्य र प्रशासन हेर्ने एआईजी सदस्य सचिव छन् । ‘एसएसपी बढुवाको लागी लगभग सुचि तयार भइसकेको छ । मंगलवार सांझ वा बुधवार बढुवा समितिको बैठक बसेर नाम सिफारीस गर्ने तयारी छ’, गृहस्रोतले काठमाडौंपाटीसंग भन्यो ।
एसएसपीको बढुवापछि एसपी र डिएसपीको बढुवा एकै पटक गर्ने प्रहरी मुख्यालयको तयारी छ । बढुवाको तयारीको लागी नेपाल प्रहरीको कप्रका प्रमुख एसपी जनार्दन जिसी अहिले गृहमन्त्रालयमा छन् ।
बढुवाको लागी प्रतिस्पर्धामा धेरै उम्मेदवार भएकाले पनि समितिलाई बढुवा गर्न सकस परिरहेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले वरियतामा अघि रहेका र कार्यसम्पादन राम्रो भएका एसपीहरुलाई बढुवा गर्नुपर्ने अडान लिइरहेका छन् ।
एसएसपी बढुवामा अघिल्लो ब्याचबाट एसपीहरु कुवेर कठायत,विरेन्द्र बस्याल, भरत बोहरा,दुर्गा सिंह, किरण राणा, विष्णु कुमार केसी,केदार ढकाल, रविन्द्र केसी राजेश बांस्तोला,सुदिप गिरी, कृष्ण कुमार महत,लालमणी आचार्य र अर्जुन चन्द ठकुरीको बढुवा हुने सम्भावना प्रवल छ । त्यसैगरी पछिल्लो ब्याचबाट एसपी हृदय थापा, सुरेन्द्र मैनाली, अशोक सिंह,चक्र बहादुर सिंह, राजकुमार वैदवार र मुकेश सिंहलाई बढुवा हुने सम्भावना छ ।
पछिल्लो ब्याचका एसपी चन्द्र खापुङ्ग पनि बढुवाको लागी चर्को दौडधुपमा छन् । यसअघि कप्रका प्रमुख रहेका खापुङ्गलाई बढुवा गर्न चर्को दबाव भएपनि उनि बढुवाको लागी योग्य ४१ जनामध्ये ३३ औं नम्बरमा रहेकाले बढुवा गर्न पनि त्यति सजिलो छैन् । समितिमा सदस्य रहेका प्रहरी महानिरीक्षक ज्ञवाली र सदस्य सचिव एआईजी शैलेश थापा कार्यक्षमतालाई आधार मानेर बढुवा दिने पक्षमा भएपनि जुनियरलाई नै बढुवा गर्ने पक्षमा भने नभएको स्रोतको दावी छ ।
यसअघि डिआईजीको बढुवामा समेत ज्ञवाली र थापाले अडान लिएकै कारण केही व्ययवसायीक अधिकृतहरुको बढुवा भएको थियो । वरियतामा अघि रहेका एसएसपीहरु ईश्वरबावु कार्की, वसन्त पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल र उत्तम सुवेदी उनिहरुकै जोडबलमा बढुवा पर्न सफल भएका थिए । वरियतामा अघि रहेका र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको बलियो साथ पाएका एसएसपी गणेश ऐरलाई भने बढुवामा छुटाइएको थियो ।
प्रहरीको बढुवा र सरुवामा राजनीतिक दबावले गर्दा व्यवसायीक र कार्यसम्पादन राम्रो भएका अधिकृतहरु मर्कामा पर्ने गरेका छन् । यसपटकको बढुवामा पनि राजनैतिक नेतृत्व ने हावी भएको छ । डिआईजी बढुवामा प्रधानमन्त्री कार्यालयको सिफारीसमा धिरज सिंह र सहकुल थापा, गृहमन्त्री रामबहादुर थापाको सिफारीस बसन्त लामा, पुर्व गृहमन्त्री समेत रहेका जनार्दन शर्माको सिफारीमा एसएसपी रविन्द्र धानुक र गृहसचिव महेश्वर न्यौपानेको सिफारीसमा एसएसपी अरुण विसीको नाम सिफारीस भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!