२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

सृजना फार्मेसीले दियो एबिसी संचारलाई स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

(महेन्द्र सिंह)
बैशाख ४ दाङ घोराहीमा रहेको सृजना फार्मेसीले एबिसी संचार खवर24नेपालमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको एबिसी संचारका चिफ एडिटर सागर थापालाई सृजना फार्मेसीका सञ्चालक सूर्य न्यौपानेले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो ।
लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सूचनाहरु प्रवाह गर्दा निकै जोखिम हुनेहुँदा सो कार्य गरिएको सृजना फार्मेसीले जनाएको छ । अहिलेको यस्तो विषम परिस्थितिमा पनि आफ्नो जीउज्यानको प्रवाह नगरी सूचना सङ्कलका लागि बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको फार्मेसी सञ्चालक सूर्य न्यौपानेले बताएका छन् । न्यौपानेले ३ सय थान मास्क, ५० थान स्यानी टाइजर र ३ डब्बा ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!