२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

सृजना फार्मेसीले दियो एबिसी संचारलाई स्वास्थ्य सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

(महेन्द्र सिंह)
बैशाख ४ दाङ घोराहीमा रहेको सृजना फार्मेसीले एबिसी संचार खवर24नेपालमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्रीहरु प्रदान गरेको एबिसी संचारका चिफ एडिटर सागर थापालाई सृजना फार्मेसीका सञ्चालक सूर्य न्यौपानेले स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउनु भएको हो ।
लक डाउनमा घरभित्र गुम्सिएर बसेका आम नागरिकहरुलाई बाहिर खुला ठाँउ र कार्यक्षेत्रमा खटिएर सूचनाहरु प्रवाह गर्दा निकै जोखिम हुनेहुँदा सो कार्य गरिएको सृजना फार्मेसीले जनाएको छ । अहिलेको यस्तो विषम परिस्थितिमा पनि आफ्नो जीउज्यानको प्रवाह नगरी सूचना सङ्कलका लागि बाहिर आम नागरिकहरुसित प्रत्यक्ष सम्पर्क र सरोकार राख्दा कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम हुने भएकोले त्यसरी स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुपरेको फार्मेसी सञ्चालक सूर्य न्यौपानेले बताएका छन् । न्यौपानेले ३ सय थान मास्क, ५० थान स्यानी टाइजर र ३ डब्बा ग्लुब्स पञ्जा सहयोग गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]