२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

१५ दिन क्वारेन्टिन बसेर घर जान नपाए पछी बसमा तोडफोड झडप

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७


एबिसी संचार
बाँकेको नेपाल भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका उनिहरुले तिन वटा बसमा तोडफोड गरेका छन ।
रिपोर्ट नेगेटिभ आएपछि मेयर राणासहितका सरोकारवालाले क्वारेन्टिन छोडी घर जान निर्देशन दिएका थिए । तर, बाँके प्रशासन र गृहमन्त्रालयको समन्वय अभावका कारण उनीहरु घर जानबाट बञ्चित भएपछि आन्दोलनमा उत्रिएका हुन् ।
घर जान तयारीमा रहेका उनीहरुलाई गृहमन्त्रालयको आदेश भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारीले क्वारेन्टिन नछोडन निर्देशन दिएका थिए । आन्दोलनमा उत्रिएका नेपालीले क्वारेन्टिनमा रहेको दुईओटा बसको सिसा फुटाईदिएका छन् ।
सुरक्षाका लागि क्वारेन्टिन पुगेको जमुनाह प्रहरीसंग आफूहरु घर जानपाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुले झडपको स्थिती समेत सिर्जना गरेको जमुनाह प्रहरीले बताएकाे छ । प्रहरीका अनुसार आन्दोलनकारीहरुले आफूहरु घर जान पाउनुपर्ने माग गर्दै दुईवटा बसमाथि तोडफोड गरेकाछन् । बस तोडफोड गर्ने क्रममा क्वारेन्टिनमा रहेका आन्दोलित एकजना सामान्य घाईते भएका छन् ।
नेपालगन्जको दशगजामा रहेका एक सय ८१ जनामा पनि कोरोना नेगेटिभ देखिएको बताइएकाे छ। नेपालगन्जको दशगजामा बनाइएको क्वारेन्टिमा बसेका ब्यक्तिलाई घर पठाउन गरिएको तयारीलाई गृहमन्त्रालयले रोकेको उपमहानगरपालिकाले बताएको छ ।
भारतका विभिन्न शहरबाट आएका २६ जिल्लाका एक सय ८१ जनालाई विगत १५ दिनदेखि दशगजा क्षेत्रमा राखिएको छ । उनीहरुको बिहीबार आरडीटि टेष्ट गर्दा सवैजनाको नतिजा नेगेटिभ आएपछि घर पठाउने तयारी गरिएको थियो । उनीहरुलाई घर पठाउनका लागि क्वारेन्टिनमा गाडी समेत बोलाइएको थियो ।
धेरैजसो गाडीभित्र सामान राखिएका थिए । कतिपयले आ–आफ्नो सिट छानेर समेत बसिसकेका थिए । १५ दिन क्वारेन्टिन बसेपछि आरडीटि टेष्टसमेत नेगेटिभ आएपछि उनीहरु घर जान खोज्नु सामान्य मानिने गरिएकोछ । जिल्लाकै अन्य पालिकाहरुले यस्तोमा घर जान दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!