२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाटोमा पैसा फालेर त्रास फैलाउने २ महिलाहरु पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

जनकपुरमा सडकमा पैसा फालेर कोरोना फैलाउने त्रास फैलाएको आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउसो प्रहरीले जनकपुरको धाम उपमहानगरपालिका ७ जानकी नगरबाट ती महिलालाई पक्राउ गरेको हो। उनीहरुसँग प्रहरीले अहिले सोधुपछ गरिरहेको छ। केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ। जनकपुरधाम उपमहानगरपालिका ६ को महावीर चोकको बाटोमा ती दुई महिलाले शुक्रबार नेपाली रूपैयाँ छरेर फरार भएका थिए। शुक्रवार दिउँसो करिब एकबजे तिर ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागे पछि स्थानीय त्रसित बनेका थिए। स्थानीयले खबर गरे लगतै धनुषा प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनाको २४ घण्टामै उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। प्रहरीले नजिकै रहेको एक घरको सीसीटिभी फुटेजको सहयोगले अनुसन्धान थालेको र आज ति दुई महिलालाई नियंत्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।