२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

बाटोमा पैसा फालेर त्रास फैलाउने २ महिलाहरु पक्राउ

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

जनकपुरमा सडकमा पैसा फालेर कोरोना फैलाउने त्रास फैलाएको आरोपमा दुई महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शनिबार दिउसो प्रहरीले जनकपुरको धाम उपमहानगरपालिका ७ जानकी नगरबाट ती महिलालाई पक्राउ गरेको हो। उनीहरुसँग प्रहरीले अहिले सोधुपछ गरिरहेको छ। केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ। जनकपुरधाम उपमहानगरपालिका ६ को महावीर चोकको बाटोमा ती दुई महिलाले शुक्रबार नेपाली रूपैयाँ छरेर फरार भएका थिए। शुक्रवार दिउँसो करिब एकबजे तिर ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागे पछि स्थानीय त्रसित बनेका थिए। स्थानीयले खबर गरे लगतै धनुषा प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। घटनाको २४ घण्टामै उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो। प्रहरीले नजिकै रहेको एक घरको सीसीटिभी फुटेजको सहयोगले अनुसन्धान थालेको र आज ति दुई महिलालाई नियंत्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । नवलपरासी पूर्वमा कार्यरत डीएसपी नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन् । नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो । उनकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए । उनले  भने– ‘केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएकाे थियाे, […]

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

error: Content is protected !!