२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

कहाँ छ? निद्रा कहाँ छ? भाेक थाहा छैन काेराेना भाईरस सग लडदै सुरक्षाकर्मी

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

नन्दु यादव बैशाख ७नवलपरासी
बिश्वब्ययापी रुपमा बढदै गईरहेकाे काेराेना भाईरस काे सक्रमण काे राेकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरुले सिमामा लडिरहेका छन।सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकाेले नेपाली सुरक्षाकर्मीहरु २४अाै घण्टा सिमामा डिउटि खटिरहेका छन।नेपाल सरकारले गरेकाे लकडाउनले गर्दा देशकाे अवस्था तहसनहस भएकाे छ।अार्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेकाे छ ।बिगत २६दिन देखि यहाका सुरक्षाकर्मी हरुले कहाकाे भाेक कहाकाे निद्रा हामिलाई थाहै छैन भनिरहेका छन।चाउचाउ र बिस्कुट खाजाकाेरुपमा तेसमाथि ताताे पानी खाएर बाचिरहेका छन ।अाफुहरुलाई देशले दिएकाे जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ अाफुहरुले निद्रा र भाेककाे खासै महशुस गरेेेका छैनाै एक सुरक्षाकर्मीले ले अाफ्नाे पीडा सुनाउदै भन्नु भयाे ।१८घण्टा सम्म राज्यले दिएकाे जिम्मेवारी मा कालाे बुट,पाेसाक र हतियारका साथ डिउटि गरिरहेकाे बताए ।बुट र पाेसाक लगाईसकेपछि १८घण्टा पछि मात्र फुकाल्छाै अनि ६घण्टामा नुहाउने खाने र कतिकाे अाराम गर्नेे थाहा भएन। सिमामा पाल र टेन्ट तानेर दिनभरि चर्काे घामले कलकल पसिना अाउने र रातमा अनध्याराेकाे समयमा लामखुट्टे काे टाेकाई ले जीवन नै मृत्यु सग बाजि राखि सिमाकाे सुरक्षामा खटिरहेकाे पीडा कति भनाै उनले भने तर पनि हामीलाई राज्यले दिएकाे जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए ।हाम्राे जिम्मेवारी देशकाे रक्षा गर्ने भएकाेले हामिले भाेकभाेकै भएपनि देश र जनताकाे रक्षा गर्ने प्रतिबध्द छाै। ।अहिले सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल काे बाक्लाे उपस्थिति रहेकाे छ।नवलपरासी काे पाल्हिनन्दन गाउपालिकाकाे पडरी देखि सुस्तागाउपालिका बलिनगर सम्म २८किलोमिटर दुरिमा लगभग ३००सुरक्षाकर्मी तैनाथ रहेका छन ।उता स्थानिय जनताले राेगबाट हामिलाई बचाउन घरभित्र काेचेर अाफु खुलामैदानमा काेरानाभाईरस सग लडदै गरेकाे सुरक्षाकर्मी हरुलाई सलाम छ भनिरहेका छन ।सुरक्षाकर्मी हरुकाे याे काम देखेर तपाईहरुकाे अायुकाे शुभकामना समेत ब्यक्त गरिरहेका छन ।अवस्य एक दिन याे समय सग जित हुनेछ भनी पशुपतिनाथ सग प्रार्थना समेत गरिरहेका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]