०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

साझा सुचारु गराउन र कोरोना ल्याब सुरु गर्न जनमोर्चा अध्यक्ष आचार्यको जोड

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

(सागर थापा)
अहिले बिश्व ब्यापी कोरोना भाइरसले आतंक सृजना गरीरहेको छ । यो बेलामा मान्छेको जीवन रक्षानै सबैभन्दा ठूलो विषय बनेको छ । विश्व ब्यापी लक डाउनको अबस्था छ । नेपाल पनि लक डाउनकै अबस्थामा छ । लकडाउन लामो हुदा नियमित औसधि खाने बिरामीहरुलाइ समस्या परेको छ । यो बेलामा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रहेको साझा स्वास्थ्य सस्था लाई बन्द गरिएको छ । जसले गर्दा बिरामीले सहज रुपमा औसधि पाउन सकेका छैनन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कोरोना ल्याब स्थापन हुने कुराको चर्चा भएतापनी अहिले सम्म हुन सकेको छैन । त्यसैले तत्काल ल्याब संचालन गरि कोरोना परिक्षणलाई तिब्रता दिन र साझा लाई सुचारु गराउन सम्बन्धित सरोकार वाला शीत अनुरोध गर्दछौ । यो विषम परिस्थितिमा आन्तरिक द्वन्द्व सृजना गर्ने भन्दा पनि आपसमा भएका अंतर्विरोधहरुलाइ पनि थाती राखेर जनताको जीवन रक्षा यतिबेलाको मुख्य कुरा हो । त्यसैले यसमा कसैका राजनीतिक आग्रह पुर्बाग्रहहरु छ्न भने पनि यो बेलामा कसैले नसम्झौ जनताको स्वास्थ्य र जीवन रक्षा मात्र मुख्य मुद्दा बनाउन सबैमा अनुरोध गर्न चाहान्छो राष्ट्रिय जनमोर्चा जिल्ला समिती देउखुरी दाङ अध्यक्ष गणेश आचार्यबाट प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।