२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

साझा सुचारु गराउन र कोरोना ल्याब सुरु गर्न जनमोर्चा अध्यक्ष आचार्यको जोड

Logo
प्रकाशित आइतबार, बैशाख ०७, २०७७

(सागर थापा)
अहिले बिश्व ब्यापी कोरोना भाइरसले आतंक सृजना गरीरहेको छ । यो बेलामा मान्छेको जीवन रक्षानै सबैभन्दा ठूलो विषय बनेको छ । विश्व ब्यापी लक डाउनको अबस्था छ । नेपाल पनि लक डाउनकै अबस्थामा छ । लकडाउन लामो हुदा नियमित औसधि खाने बिरामीहरुलाइ समस्या परेको छ । यो बेलामा घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा रहेको साझा स्वास्थ्य सस्था लाई बन्द गरिएको छ । जसले गर्दा बिरामीले सहज रुपमा औसधि पाउन सकेका छैनन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा कोरोना ल्याब स्थापन हुने कुराको चर्चा भएतापनी अहिले सम्म हुन सकेको छैन । त्यसैले तत्काल ल्याब संचालन गरि कोरोना परिक्षणलाई तिब्रता दिन र साझा लाई सुचारु गराउन सम्बन्धित सरोकार वाला शीत अनुरोध गर्दछौ । यो विषम परिस्थितिमा आन्तरिक द्वन्द्व सृजना गर्ने भन्दा पनि आपसमा भएका अंतर्विरोधहरुलाइ पनि थाती राखेर जनताको जीवन रक्षा यतिबेलाको मुख्य कुरा हो । त्यसैले यसमा कसैका राजनीतिक आग्रह पुर्बाग्रहहरु छ्न भने पनि यो बेलामा कसैले नसम्झौ जनताको स्वास्थ्य र जीवन रक्षा मात्र मुख्य मुद्दा बनाउन सबैमा अनुरोध गर्न चाहान्छो राष्ट्रिय जनमोर्चा जिल्ला समिती देउखुरी दाङ अध्यक्ष गणेश आचार्यबाट प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]