२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सिमा प्रहरी चाैकि महेशपुरद्वारा अबैध मदिरा बरामद

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लामा अहिले सुरक्षा ब्यवस्था कडा पारिएकाे छ ।हाल बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरि सिमा मा कडारुपमा सुरक्षाकर्मी हरु तैनाथ गरेकाे छ ।यसै गरि सिमा प्रहरी चाैकि महेशपुरले पनि अाफ्नाे कार्यक्षेत्रमा बाक्लाे प्रहरी परिचालन गरि चुस्त दुरुस्त रुपमा सुरक्षा दिईरहेकाे जनाएकाे छ।सिमानाकामा खटिने प्रहरीहरुले एउटा सामान्य घटना देखि तस्करी नियन्त्रण सम्म अहाेरात्र दिनरात गरि अहम भुमिका निभाईरहेका छन ।लकडाउनकाे माैका छाेपि तस्करहरुले अबैध मदिरा तस्करी गर्न खाेज्दा सिमा प्रहरीचाैकि महेशपुर गस्ति टाेलिले पाल्हिनन्द गाउपालिकाकाे वडा न १शकरपुर गाउबाट अबैध मदिरा बरामद गरिएकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयाे ।महेशपुरबाट खटिएकाे प्रहरीगस्ति टाेलिलाई तस्करहरुले देखेपछि सडककाे छेउकाे खेतमा अबैध मदिरा फालि भागेपछि बरामद गरिएकाे हाे ।विभिन्न नाम गरेकाे २१हजार ६ सय मुल्य बराबरकाे १८कार्टुन अबैध मदिरा रहेका छन।अबैध मदिरा अाेरापसार गर्ने समुहकाे तिब्ररुपमा खाेजि कार्य भईरहेकाे छ ।थप सुरक्षा परिचालन गरि अबैेध धन्दालाई शून्य बनाउने लक्ष्य रहेकाे निरिक्षक उपाध्याले भन्नू भयाे ।सिमा प्रहरी चाैकिकाे प्रमुख सम्हालेका उपाध्याकाे कार्यशैलि नै फरक रहेकाे यहाँ का जनताहरुले बताएका छन ।यहाँका समाजसग समन्वय गरि विभिन्न जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दैअाउनु भएकाे छ।अाउनेदिनमा यहाका समस्या लाई स्थानिय जनतासग समन्वय गरि समाधान गरिने निरिक्षक उपाध्याकाे भनाई रहेकाे छ ।हालको विश्व ब्यापि समस्याको रुपमा रहेको कोरोना भाइरसलाई नियाल्दा प्रहरी छिमेकि राष्ट भारत सगंको आवत जावतमा शून्य देखाएकोमा अहिले प्रहरीअाम जनताकाे अाशा र भराेसा बनेकाे स्थानिय जनताहरुले बताईरहेका छन ।दिनरात नभनि १८अाै घण्टा सम्म प्रहरीले जनतालाई सुरक्षा दिईरहेकाेछ ।अाफुबाहिर बसि काेराेना सग लडिरहेका प्रहरीलाइ स्थानियले सलाम गरिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]