२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सिमा प्रहरी चाैकि महेशपुरद्वारा अबैध मदिरा बरामद

Logo
प्रकाशित मंगलबार, बैशाख १६, २०७७

(नन्दु यादव)
पश्चिम नवलपरासी जिल्लामा अहिले सुरक्षा ब्यवस्था कडा पारिएकाे छ ।हाल बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाईरसलाई नियन्त्रणमा लिन सरकारले देशलाई नै लकडाउन गरि सिमा मा कडारुपमा सुरक्षाकर्मी हरु तैनाथ गरेकाे छ ।यसै गरि सिमा प्रहरी चाैकि महेशपुरले पनि अाफ्नाे कार्यक्षेत्रमा बाक्लाे प्रहरी परिचालन गरि चुस्त दुरुस्त रुपमा सुरक्षा दिईरहेकाे जनाएकाे छ।सिमानाकामा खटिने प्रहरीहरुले एउटा सामान्य घटना देखि तस्करी नियन्त्रण सम्म अहाेरात्र दिनरात गरि अहम भुमिका निभाईरहेका छन ।लकडाउनकाे माैका छाेपि तस्करहरुले अबैध मदिरा तस्करी गर्न खाेज्दा सिमा प्रहरीचाैकि महेशपुर गस्ति टाेलिले पाल्हिनन्द गाउपालिकाकाे वडा न १शकरपुर गाउबाट अबैध मदिरा बरामद गरिएकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयाे ।महेशपुरबाट खटिएकाे प्रहरीगस्ति टाेलिलाई तस्करहरुले देखेपछि सडककाे छेउकाे खेतमा अबैध मदिरा फालि भागेपछि बरामद गरिएकाे हाे ।विभिन्न नाम गरेकाे २१हजार ६ सय मुल्य बराबरकाे १८कार्टुन अबैध मदिरा रहेका छन।अबैध मदिरा अाेरापसार गर्ने समुहकाे तिब्ररुपमा खाेजि कार्य भईरहेकाे छ ।थप सुरक्षा परिचालन गरि अबैेध धन्दालाई शून्य बनाउने लक्ष्य रहेकाे निरिक्षक उपाध्याले भन्नू भयाे ।सिमा प्रहरी चाैकिकाे प्रमुख सम्हालेका उपाध्याकाे कार्यशैलि नै फरक रहेकाे यहाँ का जनताहरुले बताएका छन ।यहाँका समाजसग समन्वय गरि विभिन्न जनचेतनामुलक कार्यक्रम समेत सन्चालन गर्दैअाउनु भएकाे छ।अाउनेदिनमा यहाका समस्या लाई स्थानिय जनतासग समन्वय गरि समाधान गरिने निरिक्षक उपाध्याकाे भनाई रहेकाे छ ।हालको विश्व ब्यापि समस्याको रुपमा रहेको कोरोना भाइरसलाई नियाल्दा प्रहरी छिमेकि राष्ट भारत सगंको आवत जावतमा शून्य देखाएकोमा अहिले प्रहरीअाम जनताकाे अाशा र भराेसा बनेकाे स्थानिय जनताहरुले बताईरहेका छन ।दिनरात नभनि १८अाै घण्टा सम्म प्रहरीले जनतालाई सुरक्षा दिईरहेकाेछ ।अाफुबाहिर बसि काेराेना सग लडिरहेका प्रहरीलाइ स्थानियले सलाम गरिरहेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]