२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

२ नम्बर प्रदेश DIG सिंहको एक्सन सुरु लाखौं नगद सहित हुण्डी कारोबारी पक्राउ

Logo
प्रकाशित बिहिबार, बैशाख १८, २०७७

(एबिसी क्राईम ब्युरो) जनकपुरधाम प्रदेश नम्बर २ का प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै डिआइजी धिरजप्रताप सिंह एक देखि अर्को सफलता ११ लाख भन्दा बढी नगद सहित हुण्डी कारोबारी पक्राउ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले आज हुण्डी कारोवारी यादवलाई पक्राउ छ। विशेष सुचनाको आधारमा अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको छ भन्ने खबर प्राप्त हुना साथ २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम मातहतका जिल्ला प्रहरी पर्सा र प्रहरि चौकि ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले आज बुधबार जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको
रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को २२० सि.सि.पल्सर मो.सा.मा सवार जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ इनर्वा गाँउ बस्ने अं.बर्ष २९ को लालबाबु कुमार यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली रुपैया ११ लाख ५० हजार फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।