२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रदेशका ३ वटा प्रमुख सिमा नाकाहरुमा विशेष निगरानी गर्नुपर्नेमा SSP केसीको जोड

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

(सागर थापा/बिदुर एमसी) पाँच नम्बर प्रदेशमा बिगत १६ महिना सम्म एसएसपिको जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले अब सरुवा भएर प्रदेश नम्बर ४ मा जाने भएका छन् ।साेही प्रदेशको राजधानी सुन्दर पर्यटकीय नगरी पाेखरामा रहेको कार्यालयमा उनलेे त्यहाँ आफ्नो जिम्मेवारी सम्हालेर नागरिकहरुको सुरक्षा प्रदान गर्नेछन् । उनी सरुवा भएर जान लागेको खवर पाएर एबिसी सञ्चारकर्मिहरु केसीकाे प्रदेश ५ स्थित सरकारी निवास दाङको तुलसीपुरमा भेटघाटमा पत्रकारहरुले राखेका जिज्ञासाहरुकाे जवाफ दिएका थिए । प्रदेश ५ भारतशीत सिमा जोडिएको हुनाले विशेष ध्यान दिनुपर्नेमा उनको सुझाव थियो । बाकेकाे नेपालगञ्ज, कपिलवस्तुकाे कृष्णनगर र रुपन्देहीको भैरहवाजस्ता सिमा क्षेत्रमा प्रशासन र नागरिकका तर्फबाट उच्च सतर्कता अपनाएर काम गर्न पनि उपरीक्षक केसीले जोड दिएका छन् । नियम कानून र पदीय सान सौकातभन्दा पनि आइपरेका बेलामा नागरिकहरुकाे सेवा र सुरक्षाका लागि व्यवहारिक हिसावले काम गर्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक केसीको विशेषता नै भन्नुपर्छ ।यश प्रदेश ५, तराई र पहाड गरि भौगोलिक रूपमा लिदै त्यसका लागि छुट्टाछुट्टै अपराध तथा प्रकाेप व्यवस्थापन पनि फरक रुपले गर्नुपर्नेमा एस एस पि नरबहादुर केसीको सुझाव थियो । लक डाउनका बेलामा पनि प्रदेशमा रहेका विभिन्न नाकाहरु हुदै भारतबाट असङ्ख्य मानिसहरु नेपाल भित्रिएकाले सरकारका सबै तहको एकापसमा समन्वय र व्यवस्थापनले यसलाई पूर्ण नियन्त्रणमा राख्न सम्भव भएकोमा उनले खुशी व्यक्त गरे ।अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमित नदेखिएको र केही दिन यता आएर सङ्क्रमित बिरामी देखिनुले स्थिति अरु भयावह हुन नदिनका लागि समाजका सबै पक्षहरुलाई यसतर्फ गम्भीर भएर लाग्न पनि एस एस पि केसीले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]