२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रदेशका ३ वटा प्रमुख सिमा नाकाहरुमा विशेष निगरानी गर्नुपर्नेमा SSP केसीको जोड

Logo
प्रकाशित आइतबार, बैशाख २१, २०७७

(सागर थापा/बिदुर एमसी) पाँच नम्बर प्रदेशमा बिगत १६ महिना सम्म एसएसपिको जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले अब सरुवा भएर प्रदेश नम्बर ४ मा जाने भएका छन् ।साेही प्रदेशको राजधानी सुन्दर पर्यटकीय नगरी पाेखरामा रहेको कार्यालयमा उनलेे त्यहाँ आफ्नो जिम्मेवारी सम्हालेर नागरिकहरुको सुरक्षा प्रदान गर्नेछन् । उनी सरुवा भएर जान लागेको खवर पाएर एबिसी सञ्चारकर्मिहरु केसीकाे प्रदेश ५ स्थित सरकारी निवास दाङको तुलसीपुरमा भेटघाटमा पत्रकारहरुले राखेका जिज्ञासाहरुकाे जवाफ दिएका थिए । प्रदेश ५ भारतशीत सिमा जोडिएको हुनाले विशेष ध्यान दिनुपर्नेमा उनको सुझाव थियो । बाकेकाे नेपालगञ्ज, कपिलवस्तुकाे कृष्णनगर र रुपन्देहीको भैरहवाजस्ता सिमा क्षेत्रमा प्रशासन र नागरिकका तर्फबाट उच्च सतर्कता अपनाएर काम गर्न पनि उपरीक्षक केसीले जोड दिएका छन् । नियम कानून र पदीय सान सौकातभन्दा पनि आइपरेका बेलामा नागरिकहरुकाे सेवा र सुरक्षाका लागि व्यवहारिक हिसावले काम गर्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक केसीको विशेषता नै भन्नुपर्छ ।यश प्रदेश ५, तराई र पहाड गरि भौगोलिक रूपमा लिदै त्यसका लागि छुट्टाछुट्टै अपराध तथा प्रकाेप व्यवस्थापन पनि फरक रुपले गर्नुपर्नेमा एस एस पि नरबहादुर केसीको सुझाव थियो । लक डाउनका बेलामा पनि प्रदेशमा रहेका विभिन्न नाकाहरु हुदै भारतबाट असङ्ख्य मानिसहरु नेपाल भित्रिएकाले सरकारका सबै तहको एकापसमा समन्वय र व्यवस्थापनले यसलाई पूर्ण नियन्त्रणमा राख्न सम्भव भएकोमा उनले खुशी व्यक्त गरे ।अहिलेसम्म प्रदेशमा कोरोना सङ्क्रमित नदेखिएको र केही दिन यता आएर सङ्क्रमित बिरामी देखिनुले स्थिति अरु भयावह हुन नदिनका लागि समाजका सबै पक्षहरुलाई यसतर्फ गम्भीर भएर लाग्न पनि एस एस पि केसीले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!