२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ चेम्बरको माग अत्यावश्यकीय उद्योग सञ्चालन गर्न प्रशासनलाई ज्ञापनपत्र

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

सागर थापा
दाङ चेम्वर अफ कमर्शले अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्ने बातावरण मिलाउन सरकारसँग माग गरेको छ । चेम्वर अफ कमर्श दाङले जिल्ला प्रशासन कार्यालयमार्फत आइतवार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउदै लकडाउनका कारण उद्योगहरु बन्द रहदा ठूलो क्षेती भएको भन्दै अत्यावश्यकीय उत्पादनमुलक उद्योगहरु सञ्चालन गर्न माग गरेको हो ।
चेम्वरले कृषि उत्पादन र कृषिमा आधारित अन्य उत्पादनलाई बढवा दिनका लागि उत्पादन, बजारिकरण, दुवानी र आपुर्ति व्यवस्थानको सहजीकरण गर्न समेत माग गरेको छ । त्यसै गरी चेम्वरले घरबहाल कर सतप्रतिशत र स्थानीयले तहहरुले लिने व्यवसायीक कर ५० प्रतिशत मिनाह गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चेम्वरले विज्ञप्तिमार्फत बन्दाबन्दीको समयमा घरबहाल कर मिनाहसँगै स्थानीय तहले लिने व्यवसायीक करमा ५० प्रतिशत छुट गर्न माग गरेको हो ।
त्यसै गरि चेम्वरले आर्थिक बर्ष २०७६ ्र०७७ मा आयकरमा ५० प्रतिशत,बन्दाबन्दी सुरु भएको समयावधि र खुलेको छ महिनासम्म हुन आउने औधोगिकतथा व्यवसायीक बैंक कर्जाको व्याज पूर्ण रुपमा मिनाह हुनुपर्ने,उद्योग तथा व्यवसायीले लिएको कर्जाको पुनःकर्जाको व्यवस्था गरिनुपर्नेमाग राख्दै ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा विद्युत कार्यालयले उद्योगहरुबाट लिने डिमाण्ड शुल्क सतप्रतिशत र आम नागरिकको हकमा ५० प्रतिशत मिनाह गरिनुपर्ने माग गरिएको चेम्वर अफ कमर्श दाङका अध्यक्ष श्रीधर महराद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञापन पत्र चेम्वर अव कर्मशका अध्यक्ष श्रीधर महरा र निवर्तमान अध्यक्ष दिपक सुवेदीले सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीलाई बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।