२९ माघ २०८१, मंगलबार
11-02-2025 , Tue
×

लकडाउनमा पत्रकारदेखि सेना प्रहरी समेतको पोशाक दुरुपयोग

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

काठमाडाैं देश बन्दाबन्दी छ । अत्यावश्यकबाहेकका सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ तर पनि सडकमा दुई र चारपाङ्ग्रे सवारी साधन निर्वाध गुडिरहेका देखिन्छन् । कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले वैशाख २५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा व्यापकरुपमा सवारी साधनमा म्याद गुज्रेका सवारी पास र विभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाइएको छ । सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार बिहान ९ बजे जडीबुटी र लोकन्थलीको सिमानामा रहेको मनोहरा खोला पुलमा नेपाल रेडक्रस सोसाइटीले सवारी साधनमा किटनाशक औषधि छर्कने लाइन छिचोल्दै प्रेस ज्योकेट लगाएका व्यक्ति सवार ट्याक्सी आयो । पछाडि सिटमा महिला पुरुष गरी चारजना थिए । प्रहरी हवल्दारले निकै केरकार गर्दा पनि प्रेसको ज्याकेट र कार्ड देखाउँदै अगाडि बढ्यो । रिसाउँदै हवल्दारले भने, “सरकारले लगाएको नियम पनि यी प्रेसलाई नलाग्ने रैछ, खै कुन युट्युव च्यानलको पत्रकार रे, बनेपा जान लागेको भनेर थर्काएर गयो, हैन यिनलाई कानून लाग्दैन कि क्याहो ?” ड्यिुटीमा खटिएका अर्का प्रहरी कराउँदै थिए, “कसैलाई छोड्यो भने पनि पहुँचवालालाई छाड्यो भनेर समाचार लेख्छन्, रोक्न खोजे पनि प्रेसलाई रोक्यो भन्छन्, हामीलाई जसरी पनि सुख छैन ।” आधाघण्टाको अवधिमा पहेँलो ज्याकेट लगाएका ११ वटा मोटरसाइकल गए । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)ले भन्नुभयो, “हैन, पत्रकार पनि घरमै बसेर काम गर्छन् भन्या हैन, यो सडकमा आधा त पहेँलो ज्याकेट लगाएका मात्रै कुद्छन्, के हो ?” सडकमा प्रेस नलेखिएका तर पहेँला ज्याकेट लगाएका अन्य सवारी साधन पनि प्रेसकै भेषमा कुँदिरहेका देखिन्थे । कतिपय गैरपत्रकारले पनि प्रेस लेखिएको ज्याकेट लगाए्र कुद्ने गरेको लोकन्थलीमा ड्युटीमा रहेका प्रहरी गुनासो गर्दै थिए । प्रेस लेखेको ज्याकेट लगाउँछन्, न परिचय पत्र छ, न हातमा क्यामरा, न त कापीकलम नै बोक्छन् । ज्याकेट लगायो हिँड्यो हामीलाई गाह्रो छ । सञ्चारकर्मीको पोशाक सबभन्दा धेरै द्ुरुपयोग भएको ड्युटीमा रहेका प्रहरीको गुनासो थियो । अत्यावश्यक समाचार सङ्कलनबाहेक अधिकांश सञ्चारमाध्यमका समाचारदाता घरबाटै समाचार बनाइरहेको अहिलेको अवस्थामा सञ्चारगृहका क्यामराम्यान र समाचारवाचक मात्रै सडकमा कुद्नुपर्ने भए पनि पहेँलो ज्याकेट लगाएर दैनिक करिब १३० भन्दा बढी मोटरसाइकल भक्तपुरको ६ लेन सडकमा गुड्ने गरेको प्रहरीको भनाइ छ । पत्रकारको मात्रै होइन नेपाली सेना र प्रहरीको पोशाकसमेत दुरुपयोग हुने गरेको पाइएको छ । विशेषगरी अवकाश लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर विभिन्न काम गर्ने गरेको पाइएको छ । नेपाली सेनाबाट आठ वर्षअघि नै अवकाश लिएर बसेका सुवर्ण बस्नेत दैनिक ललितपुबाट भक्तपुर हुँदै बनेपासम्म जाने आउने गर्छन् । सेनामा रहँदाको आफ्नो पुरानो पोशाक लगाएर जडीबुटी मनोहराबाट दैनिक निस्कने बस्नेत जडीबुटी, थिमि, सूर्यविनायक, जगाती हुँदै ओहोरदोहोर गर्छन् भने व्यक्तिगत कारोवार र ठेक्कापट्टाको कामका लागि बनेपासम्म पुग्ने गर्छन् । जडीबुटीदेखि जगातीसम्ममा जडीबुटी पुल, कौशल्टार, गठ्ठाघर, थिमि शङ्खधरचोक, राधेराधे, सल्लाघारी, सूर्यविनायक र जगातीसम्मको चेकप्वाइन्ट सजिलै पार गरेर जाने आउने गर्छन् । नेपाली सेना र प्रहरीको पोशाक लगाएको देखेपछि कुनै पनि चेकप्वाइन्टमा प्रहरीले रोक्दैन, न त परिचयपत्र नै हेरिन्छ । यो एउटा उदाहरण मात्रै हो, पोशाक लगाएर सेना, प्रहरी र पत्रकारको नाममा व्यापक बन्दाबन्दीको उल्लङ्घन हुँदा पनि उनीहरुलाई रोकेर प्रहरीले परिचयपत्र नमाग्ने गर्दा व्यापकरुपमा पोशाकको दुरुपयोग हुने गरेको गुनासो बढेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीका सुवास न्यौपानेले प्रहरी र सेनाबाट अवकाश पाइसकेका व्यक्तिसमेत आफ्नो पुरानो पोशाक लगाएर हिँड्ने गरेको बताउँदै सेना र प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेको पनि परिचयपत्र खोज्नुपर्ने बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको बताउनुभयो । जुन सञ्चारगृहमा काम गर्ने हो, सोही सञ्चारगृहको नाममा सूचना विभागबाट परिचयपत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी दिनुभयो । प्रजिअ पाण्डेले भन्नुभयो, “पत्रकारको ज्याकेट लाएर गैरपत्रकारले दुरुपयोग गरेको व्यापक गुनासो आएको छ । ज्याकेटको दुरुपयोग रोक्न पत्रकार महासङ्घ आफैँ पनि लाग्नुपर्ने हो । अब माथिल्लो निकायबाट आएको परिपत्रअनुसार सूचना विभागको परिचयपत्र हेर्ने गरी कडाइ गर्नेछौँ ।” उहाँले नेपाली सेना र प्रहरीको पोशाक लगाएर ओहोरदोहोर गर्नेहरुलाई पनि परिचयपत्र हेर्न प्रहरीलाई आजैबाट निर्देशन दिने बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारको मात्रै हैन, सेना र प्रहरीको पोशाकको पनि लकडाउनमा दुरुपयोग भएको सुन्याँै आजै तीनवटै सुरक्षा निकायको प्रमुखसँग छलफल गरेर पोशाक लगाउनेको पनि परिचयपत्र जाँच गर्ने र परिचयपत्र नहुनलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।” प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले पत्रकारको मात्रै नभई नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर मोटरसाइकलमा हिँड्नेहरुको समेत परिचयपत्र हेर्न आजैबाट निर्देशन दिने बताउनुभयो । सेना प्रहरीको पोशाक दुरुपयोग गरेको पाइए कारवाही गर्ने उहाँले बताउनुभयो दैनिक अन्लाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल प्रहरी प्रधान कार्यालय,नक्साल काठमाण्डौका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक प्रसाद राईद्वारा दाङ राप्‍ती गाँउपालिका वडा नं. ५ स्थित ईलाका प्रहरी कार्यालय सिसहनिया दाङको परिसरमा नव-निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि एआईजी राईद्वारा ईलाका प्रहरी कार्यालय सिसहनियाको अवलोकन निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको मातहत समेतबाट सम्पादन गरिएका कार्यसम्पादनहरुको समिक्षा एवं आगामी कार्ययोजना सम्बन्धि छलफल गरीएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की लागायत बाँके जिल्ला मातहत प्रहरी इकाई प्रमुखहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

  काठमाडौं । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले ‘ठमेलमा प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको’ विषयमा प्रश्न गर्दा एसएसपी अधिकारीले भने, ‘हामीलाई पार्टीसँग कुनै सरोकार छैन।’ उनले घटनामा संलग्न पाँच जनामाथि अनुसन्धान अघि बढाइएको र थप संलग्नता देखिए ‘एक हजार प्रतिशत कारबाही’ गरिने प्रतिबद्धता जनाए। गत बिहीबार नेकपा […]

error: Content is protected !!