०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

पत्रकारहरुको भूमिका अविस्मरणीय रहेको प्रधानमन्त्री: वली

Logo
प्रकाशित बुधबार, बैशाख २४, २०७७

काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गर्नुभयो । “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ”, सन्देशमा भनिएको छ, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।” नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उहाँले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाउनुभयो । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ । संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको सन्दर्भमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्ने प्रवृत्ति समाजमा बढिरहेको जनाउँदै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक–अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सरकारको निर्णयसँगै पाँच वर्षअघिदेखि आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ । यसैगरी दिवसका अवसरमा शुभकामना दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचना प्रवाहमा स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता र प्रचलन तथा नेपालको संविधानले प्रत्याभूत गरेको सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ । लोकतान्त्रिक राज्य व्यवस्था कायम गर्न÷गराउन पत्रकारिता क्षेत्रले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै उहाँले सूचना प्रवाहमा निष्पक्ष, सन्तुलित, व्यावसायिक, जिम्मेवार र उत्तरदायी भइ भूमिका निर्वाह गर्न पत्रकार तथा आमसञ्चार जगत्ले महत्वपूर्ण योगदान पु¥याउनेमा आफू पूर्ण विश्वस्त रहेको जनाउनुभएको छ । सत्य, निष्पक्ष एवं विश्वसनीय पत्रकारिताबाटै यस क्षेत्रको गरिमा वृद्धि भइ देशले भोग्नुपरेका चुनौती तथा तिनीहरुको समाधानको विषयलाई उजागर गर्दै सामाजिक क्षेत्रमा समेत यसले उल्लेख्य योगदान गर्न सक्छ भन्दै उहाँले सूचना प्रवाहको माध्यमले राष्ट्र निर्माणमा अतुलनीय योगदान गर्न सक्ने तथ्यलाई मनन गरी निरन्तर सूचना, विश्लेषण तथा अभिव्यक्तिका माध्यमबाट आफ्नो पेशागत दायित्व निर्वाह गर्न आजको दिनले सबै पत्रकार र आमसञ्चार क्षेत्रलाई प्रेरणा दिने अपेक्षा व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!