०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

प्रहरीमाथि डुङ्गामुढा भए पछी प्रहरीले दुई राउण्ड हवाई फायर

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

(एबिसी क्राईम ब्युरो)
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।
ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।
सालटाकुरा नाव–साल्टाडाँडा सडक निर्माणका क्रममा लकडाउनको उल्लङ्घन गरी ५०/६० स्थानीयवासी जम्मा भएको जानकारी पाएपछि प्रहरी सो ठाउँमा पुगेको थियो ।
प्रहरी पुगेपछि एक्कासि प्रहरीमाथि स्थानीयवासीद्वारा आक्रमण भएपछि बाध्य भएर भीड नियन्त्रणमा लिन जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
“लकडाउन उल्लङ्घन गरी सडक खन्ने क्रममा विवाद भएको जानकारीपछि बोलाइएको प्रहरीमाथि आक्रमण हुँदा सो घटना भएको हो”, नगरपालिकाका उपप्रमुख तारा शाहीले भने । उनका अनुसार प्रहरीकोे बर्दीसमेत च्यातिएको भन्ने खबर आएको छ । शनिबार दिउँसो मात्रै सहमतिका आधारमा सडक खन्ने भनेर काम गर्न आग्रह गरिएको थियो ।
उपप्रमुख शाहीले आफूहरु दिउँसो त्यहीँ बसेको र मान्छेहरुको भीडभाड पनि धेरै भएकाले आफूहरुले प्रहरीलाई त्यहाँ पठाएको बताए । उनले त्यो घटनाका बारेमा सबै बसेर, सल्लाह गरेर नियम कानूनअनुसार अघि बढ्ने पनि बताए ।
अहिले घटनास्थलमा थप सुरक्षा बल दुल्लूबाट पठाइएको र स्थिति सामान्य भएको प्रहरीले बताएको छ ।
घटनाको थप अनुसन्धान हुने र आवश्यक छानबिन गरी कारवाही अघि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । प्रदेश सरकारको रु २० लाख र नगरपालिकाको रु पाँच लाख साझेदारीसहित रु २५ लाख रकममा उपभोक्ता समितिमार्फत उक्त सडक निर्माणकार्य भइरहेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!