२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

कुनकुन सवारी साधनलाई पास नचाहिने सवारी साधन चलाउने समय तालिका

Logo
प्रकाशित सोमबार, बैशाख २९, २०७७

काठमाडौं सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेको हो । उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका लागि आवश्यक तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उनका अनुसार आज उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखसहितको बैठकले उपत्यकामा चल्ने सवारीका विषयमा आवश्यक कार्ययोजनासहित सहजीकरण गर्ने निष्कर्ष निकालिएको छ । “लकडाउनलाई कायम राख्दै विकास निर्माण, उद्योग तथा कलकारखानाका लागि चाहिने सामग्री बोक्ने सवारीलाई सहज आवतजावत गर्न मिल्ने गरी व्यवस्थापन गर्ने निष्कर्ष निकालेका छौँ, इँटा, ढुङ्गा, रड, सिमेन्टलगायत बोकेका सवारीलाई पास नचाहिने भन्ने बैठकको निष्कर्ष रहयो, यो निर्णय गृहमन्त्रालयमा पठाउँछौँ”, प्रजिअ दाहालले भने । उनले उपत्यकामा चल्ने गाडीको हकमा सम्बन्धित मन्त्रालयका सचिव तथा सङ्घसंस्थाको हकमा सम्बन्धित संस्थाका नियामक निकायले पास जारी गर्ने जिल्लाको हकमा सम्बन्धित कार्यालयको सिफारिसमा प्रमुख जिल्ला अधिकारीमार्फत पास जारी गर्ने निष्कर्षसमेत उक्त बैठकले गरेको छ । मान्छेको भिडभाड हुन नदिने र सरकारले तोकेका गतिविधि गर्न नदिने विषयमा भने थप कडाइ गर्ने निष्कर्षसमेत निकालिएको छ । विकास निर्माणसम्बन्धीका सामग्री बोकेका हेभी सवारी राति ८ः०० देखि बिहान ६ः०० बजेसम्म चल्न पाउने छन् । बैंक तथा वित्तीय संस्थाका गाडी बिहान ९ः०० देखि १९ः३० सम्म तथा बेलुका ३ः३० देखि ५ः०० बजेसम्म चल्न पाउने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। उनका अनुसार सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको छ । केही दिन अघिदेखि नेपाल प्रहरीले उपत्यकामा दैनिक उपभोग्य र स्वास्थ्य उपचारसम्बन्धीका सवारीबाहेकका सवारी पास भए पनि प्रवेश निशेष गरेको थियो । अब भने विकास निर्माणसँग सम्बन्धित गाडी भने स्वास्थ्य मापदण्ड पूरा गरेर आउन पाउने छन् । त्यस्ता सवारीमा अन्य यात्रु बोक्न भने पाइने छैन । सरकारको निर्णयसँग आजदेखि भने उपत्यकामा गाडीको चाप थप बढेको छ । साना गाडी बढी गुडिरहेका छन् । यात्रुबाहक गाडी भने चलेका छैनन् । उपत्यकाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । आजदेखि बैंक तथा वित्तीय संस्थासमेत खुलेकाले त्यस्ता संस्थामा मानिसको अत्यधिक भीड देखिएको छ । लामो लाइन बसेर सेवा लिइरहेको पाइएको छ । सरकारले कृषि, रासायनिक मल, प्राङ्गारिक मल बोकेका ढुवानीका साधन, जनक शिक्षा सामग्री केन्द्रको सिफारिसमा शैक्षिक सामग्री बोकेका सवारी, विकास आयोजना सम्बन्धी, स्वास्थ्यसम्बन्धीका गाडी, भन्सारबाट जाँच पास भएर आएका मालबाहक सवारीलाई चल्न दिने निर्णय गरेको छ । यस्ता सबै सवारी चल्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड भने अपनाउनुपर्ने हुन्छ । यस्तै सार्वजनिकस्थल, धार्मिकस्थलमा जमघट गर्न, खेलसम्बन्धी, होटल रेष्टुराँ, यात्रुबाहक बस सञ्चालन गर्न भने सरकारले रोकेको छ । यस्तै बालबालिका, वृद्धवृद्धा, असक्त मानिसको आवतजावतमा समेत रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]