२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

लाखौं मुल्यको अबैध सामान प्रहरीकाे नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

नन्दु यादव
पश्चिम नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउपालिकाकाे वडा न १ महेशपुरबाट अबैध रुपमा लुकाईछिपाई राखेकाे अवस्था मा प्रहरीले अबैध सामान नियन्त्रण मा लिएकाे छ ।महेशपुरबाट खटिएकाे प्रहरीकाे टाेलिले साे सामान बरामद गरिएकाे सिमा प्रहरी चाैकि महेशपुरका प्रहरी निरिक्षक महेश्वर उपाध्याले जानकारी दिनु भयाे । महेशपुरकाे सिमलबाेट काे झाडिमा लुकाई छिपाई राखिएकाे अवस्था मा नियन्त्रण मा लिएकाे उपाध्याले बताउनु भयाे ।महेशपुर चाैकिबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा रु.२,४२,४६०/ मुल्य बराबरको मालसामान बरामद गरेको हाे । बरामद भएको सामानमा काजु ९७ के.जी, वदाम ३० के.जी, छोडा ३०० के.जी र किसमिस ९ के.जी. रहेको छ । लकडाउनकाे बेलामा प्रहरीले सुरक्षा ब्यवस्था कडारुपमा निगरानी बढाईएकाे बताईएकाे छ ।प्रहरी निरिक्षक उपाध्याले सिमा प्रहरी चाैकि महेशपुरकाे प्रमुख सम्हाले देखि नै अबैध सामानहरु धमाधम नियन्त्रण मा लिन सक्रिय रहेका छन ।अबैध सामान अावश्यक कार्वाहि लागि भन्सार पठाईने जानकारी दिनु भयाे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।