२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

दाङको इँट्टाभट्टाबाट भारतीय मजदूरहरुलाई फिर्ता पठाइयो

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७


एबिसी संचार दाङका इँट्टाभट्टामा काम गर्ने भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको छ। भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो।
उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
गएरातिमात्रै एक हजार दुई सय ३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म पुर्याइएको छ। सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्रप्रसाद धानुक दाङबाट नेपालगञ्ज गएका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र डिआइजी धानुकले भारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको हो।
त्यसअघि जिल्लाका विभिन्न इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदूरले घर फर्किन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।
मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन,शुभम, सोनी, जेके, प्रविन लगायतका इँट्टाभट्टामा काम गर्ने एक हजार दुई सय ३३ मजदुरलाई पहिलो लटमा पठाइएको हो।
दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार जिल्लाका विभिन्न इँट्टा उद्योगमा गरेर ५ हजार बढी मजदूर कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!