०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको इँट्टाभट्टाबाट भारतीय मजदूरहरुलाई फिर्ता पठाइयो

Logo
प्रकाशित शुक्रबार, जेठ ०९, २०७७

एबिसी संचार दाङका इँट्टाभट्टामा काम गर्ने भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको छ। भारतीय सुरक्षा अधिकारीसँग कुरा भए पनि उनीहरूको घर फर्किन पाउनुपर्ने माग अनुसार बाँकेस्थित नेपाल–भारत सीमा नाकामा लगेर छोडिएको हो।
उनीहरूलाई बुधबार राति २१ वटा बसमा लगेर छोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
गएरातिमात्रै एक हजार दुई सय ३३ जना भारतीय नागरिकलाई सीमा नाकासम्म पुर्याइएको छ। सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीसँग कुरा गर्न प्रदेश नं. ५ का प्रहरी प्रमुख डिआइजी रविन्द्रप्रसाद धानुक दाङबाट नेपालगञ्ज गएका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र डिआइजी धानुकले भारतीय अधिकारीसँग कुरा गरेपछि भारतीय मजदूरलाई फिर्ता गर्ने निर्णय भएको हो।
त्यसअघि जिल्लाका विभिन्न इँट्टा उद्योगमा काम गर्ने भारतीय मजदूरले घर फर्किन पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए।
मनकामना, राप्ती, बबई, अम्मर, शिवशक्ति, जलजला, गोल्डेन,शुभम, सोनी, जेके, प्रविन लगायतका इँट्टाभट्टामा काम गर्ने एक हजार दुई सय ३३ मजदुरलाई पहिलो लटमा पठाइएको हो।
दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दका अनुसार जिल्लाका विभिन्न इँट्टा उद्योगमा गरेर ५ हजार बढी मजदूर कार्यरत छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!