२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रेडजोनमा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर

Logo
प्रकाशित सोमबार, जेठ १२, २०७७

(महेन्द्र सिंह) बाँके नेपालगन्ज देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीकाअनुसार नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरूको भीड नियन्त्रण गर्न प्रहरी खटेका छन्। यसरी खटेका नेपाल प्रहरीसँग राम्रो मास्क नै छैन। डब्लुएचओकाअनुसार कोरोेनाबाट जोगिन एनके ९५ माक्स लगाउनुपर्छ तर कोरोनाको अति जोखिमपूर्ण क्षेत्र नरैनापुरमा कार्यरत कुनै पनि प्रहरीसँग त्यस्तो मास्क छैन। न त उनीहरूसँग स्यानिटाइजर नै छ। प्रहरी प्रमुख ओली नै प्रहरीहरूले कपडाको माक्स मात्र लगाइरहेको स्वीकार्छन्। ‘ड्यूटीमा खटेका प्रहरी कपडाको मास्क लगाएका हुन्छन्। संक्रमित नै झम्टिन आउँछन्। जोगिएर बस्नुपरेको छ,’ ओली भन्छन्, ‘फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मी जोखिम नै जोखिममा काम गरिरहेका छन्। अन्नपूर्णपोस्टबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!