१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

काठमाडौं बूढानीलकण्ठ मन्दिर क्षेत्रहरु सिल

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

काठमाडौं बूढानीलकण्ठ नगरपालिका–३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्र बन्द गरिएको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सो क्षेत्रमा मानिसको आवतजावत रोकिनाका साथै पसल, व्यवसाय र अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।
संक्रमितलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलशनमा राखिएको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार सङ्क्रमित युवकले बन्दाबन्दी समयमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर समस्यामा परेका व्यक्तिलाई अस्पतालसम्म पुर्याउने काम गर्दै आएका थिए । नगरपालिकामा कोरोना संक्रमित हुने दुई जना पुगेका छन् ।
यसअघि सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ–१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्दै आएकी १८ वर्षीया एक किशोरीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । सुर्खेतमा फागुन २१ गते हुने नि-र्वाचनका लागि सुरक्षा व्यवस्था क*डा पारिएको छ। नि’र्वाचनलाई लक्षित गरी मोबाइल गाडी, रिजर्भ सेक्टर विभाजन, र सामाजिक सञ्जालको निग-रानी थालिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, दुईवटा नि*र्वाचन क्षेत्र रहेको सुर्खेतमा १४० वटा मतदान केन्द्र तथा मतदान स्थलहरू रहेका छन् । ती स्थानहरुमा […]

काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । चुनाव नहुने भन्दै भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट […]

पोखरा । १७ ड्याम!साइडस्थित नयाँ पुलमुनि फुस्रे खोलामा फालिएको शंकास्पद सुटकेसभित्र तन्नाले बेरिएको २२–२५ वर्षीया युवतीको शव फेला परेको छ। स्थानीयको सूचनापछि प्रहरीले सुटकेस खोलेर हेर्दा हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु भएको शव भेटिएको हो। साथमा मेडिकल कार्ड पनि फेला परेको छ। प्रहरीका अनुसार ह!त्या गरी सुटकेस!भित्र हालेर फालिएको आशंका गरिएको छ। युवती ड्याम!साइडमै एक […]

error: Content is protected !!