२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

थप एकको शव फेला मृत्यु हुनेको संख्या चार पुग्यो

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

पश्चिम रुकुममा भेरी नदीमा बेपत्तामध्येका थप एक जनाको शव भेटिएको छ। योसँगै घटनामा ज्यान गुमाउने चार पुगेका छन्। अझै २ जना बेपत्ता छन्। सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट खटिएको गोताखोरसहितको टोलीले भेरी नदीको कुदुमा शव फेला पारेको हो। १८ वर्षका लोकेन्द्र सुनारको शव भेटिएको प्रहरीले जनाएको छ। जाजरकोटबाट पश्चिम रुकुममा विवाहका लागि प्रेमिका लिन गएका नवराज विक सहितका युवालाई गाउँलेले आक्रमण गरेका थिए। त्यसक्रममा मारिएका नवराजसहित ३ जनाको सब यसअघि नै भेटिएको थियो। बाँकी २ जनाको खोजीमा पनि चार जना गोताखोरसहित १८ जना सशस्त्र प्रहरीको टोली सक्रिय छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!