२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच ५ बुँदे सम्झौता

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबिच ५ बुँदे सम्झौता भएसँगै सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन स्थगित भएको छ ।
१४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई देशभरका चिकित्सकहरूले समर्थन गरेका थिए ।
बुधवार राति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच ५ बुँदे सम्झौता भएको छ ।
सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानबिन गरी तीन दिनभित्र कारबाहीको दायरामा ल्याउने, सिसिटिभी फुटेज गायब पार्नेलाई पनि तीन दिनभित्र कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।
यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ मा विना धरौटी जेल चलाउन ‘जेल विदआउट बेल’को मर्मको अवधारणा समाविष्ट गरी मन्त्रिपरिषद्ले २०७६ चैत २२ गते गरेको निर्णयमा भएको स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी व्यवस्थालाई थपेर चालु संसद् अधिवेशनमा पेस गर्नेलगायतका सहमति पनि भएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!