२३ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच ५ बुँदे सम्झौता

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबिच ५ बुँदे सम्झौता भएसँगै सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको आन्दोलन स्थगित भएको छ ।
१४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि आन्दोलनमा उत्रिएका चिकित्सकहरूलाई देशभरका चिकित्सकहरूले समर्थन गरेका थिए ।
बुधवार राति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबिच ५ बुँदे सम्झौता भएको छ ।
सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानबिन गरी तीन दिनभित्र कारबाहीको दायरामा ल्याउने, सिसिटिभी फुटेज गायब पार्नेलाई पनि तीन दिनभित्र कारबाहीको दायरामा ल्याउने सहमति भएको छ ।
यसै गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ मा विना धरौटी जेल चलाउन ‘जेल विदआउट बेल’को मर्मको अवधारणा समाविष्ट गरी मन्त्रिपरिषद्ले २०७६ चैत २२ गते गरेको निर्णयमा भएको स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी व्यवस्थालाई थपेर चालु संसद् अधिवेशनमा पेस गर्नेलगायतका सहमति पनि भएको छ रासस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

error: Content is protected !!