२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

कोरोना नियन्त्रणमा खटिएकालाई दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

एबिसी संचार
काठमाडौँ कोरोना भाइरस कोभिड-१९ नियन्त्रणका लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई दुर्व्यवहार गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ ।
बुधवार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गर्दै स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेलाई कारबाही गर्न निर्देशन दिइएको हो ।
परिपत्रमा महामारी नियन्त्रणको काममा अग्रपङ्क्तिमा खटिएका सबै राष्ट्र सेवकको मनोबल उच्च पार्न कार्यस्थलमा सुरक्षाको वातावरण निर्माण गर्न भनिएको छ भने सुरक्षामा विशेष चनाखो भएर अवाञ्छित, गैर कानुनी र अभद्र व्यवहार गर्नेहरूलाई तत्काल नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गर्न भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।