११ बैशाख २०८१, मंगलबार
23-04-2024 , Tue
×

सामान्य प्रशासन मन्त्रीको ९ वटा गाडी कर्मचारी आफै प्रयोग गर्दै

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार
काठमाडौँ कोभिड-१९ का कारण चौतर्फी खर्च कटौती र मितव्ययीताको बहस भई रहँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नाममा ९ वटा गाडी रहेको भेटिएको छ ।
बजेटकै कारण देखाउँदै कर्मचारीको भत्तासमेत काटिएको अवस्थामा माउ मन्त्रालयका रुपमासमेत रहेको मन्त्रालयका मन्त्रीले सचिवालयसहित गरी ९ वटा गाडी प्रयोग गरिएको प्रशासनले फेला पारेको छ ।
स्रोतका अनुसार तीन वटा गाडी मन्त्री आफैले प्रयोग गर्दै आएका छन् भने बाँकी ६ वटा गाडी उनको निजी तथा स्वकीय सचिवालयका कर्मचारीले प्रयोग गर्दै आएका छन् ।
जसमध्ये बा.२ झ ४१२९, बा.२ झ २५०६ र बा.२ झ १०७५ नम्बरको गाडी मन्त्री त्रिपाठीले चढ्छन् भने उनको सचिवालयका कर्मचारी रमेश पाण्डेले ३९६३, विष्णु खड्का बा. १ झ ९८४७, निजी सचिव नीरज पौडेलले बा. २ झ १४०४, माधव पाण्डे बा. २ झ १६६१ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । त्यसैगरी बा. २ झ ३३६८ र बा. २ झ २५०४ नम्बरको गाडी पनि मन्त्रीकै नाममा राखिएको छ ।
यसबारे मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीसँग सोध्दा उनले मन्त्रीज्यूले नै ९ वटा गाडी प्रयोग नगरेको बताएका छन् । ‘मन्त्रीज्यूले प्रयोग गर्ने जम्मा ३ वटा गाडी मात्रै हो’, उनले भने ‘बाँकी गाडी मन्त्रीज्यूले चढ्नु भएको छैन ।’
थप गाडीहरू क-कसले प्रयोग गरिरहेको छ भन्नेबारे आफूले बुझेपछि मात्रै भन्न सक्ने प्रवक्ता अधिकारीको भनाई छ ।
मन्त्रालयमा सवारी साधनदेखि इन्धनसम्मै मनपरी गर्ने मन्त्रीहरूको पुरानै रोग हो । अहिले पनि अधिकांश मन्त्रीहरूले सल्लाहकारदेखि सचिवालयका सबै कर्मचारी हुँदै आफ्ना तथा आफन्तहरूका लागि समेत सरकारी सवारी उपलब्ध गराउँदै आएका छन् । जुन सरासर गलत हो ।
सरकारले सवारी सम्बन्धी मापदण्ड नै बनाएको छ तर त्यसको पालना स्वयं कर्मचारीहरूले नै गरेका छैनन् । कति सिसीसम्मको गाडी क-कसले प्रयोग गर्ने भन्नेबारे स्पष्टै रूपमा उल्लेख गरिएको भए पनि गाडी सुविधा नै नपाउने कर्मचारीहरुलेसमेत गाडी प्रयोग गरिरहेका छन् । त्यति मात्रै होइन, केही मन्त्रालय सहसचिवहरूले समेत दुई-तीनवटैसम्म गाडी प्रयोग गरेको भेटिन्छ प्रशासन डट्कमबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]