०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

सामान्य प्रशासन मन्त्रीको ९ वटा गाडी कर्मचारी आफै प्रयोग गर्दै

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार
काठमाडौँ कोभिड-१९ का कारण चौतर्फी खर्च कटौती र मितव्ययीताको बहस भई रहँदा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नाममा ९ वटा गाडी रहेको भेटिएको छ ।
बजेटकै कारण देखाउँदै कर्मचारीको भत्तासमेत काटिएको अवस्थामा माउ मन्त्रालयका रुपमासमेत रहेको मन्त्रालयका मन्त्रीले सचिवालयसहित गरी ९ वटा गाडी प्रयोग गरिएको प्रशासनले फेला पारेको छ ।
स्रोतका अनुसार तीन वटा गाडी मन्त्री आफैले प्रयोग गर्दै आएका छन् भने बाँकी ६ वटा गाडी उनको निजी तथा स्वकीय सचिवालयका कर्मचारीले प्रयोग गर्दै आएका छन् ।
जसमध्ये बा.२ झ ४१२९, बा.२ झ २५०६ र बा.२ झ १०७५ नम्बरको गाडी मन्त्री त्रिपाठीले चढ्छन् भने उनको सचिवालयका कर्मचारी रमेश पाण्डेले ३९६३, विष्णु खड्का बा. १ झ ९८४७, निजी सचिव नीरज पौडेलले बा. २ झ १४०४, माधव पाण्डे बा. २ झ १६६१ नम्बरको गाडी प्रयोग गर्दै आएका छन् । त्यसैगरी बा. २ झ ३३६८ र बा. २ झ २५०४ नम्बरको गाडी पनि मन्त्रीकै नाममा राखिएको छ ।
यसबारे मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीसँग सोध्दा उनले मन्त्रीज्यूले नै ९ वटा गाडी प्रयोग नगरेको बताएका छन् । ‘मन्त्रीज्यूले प्रयोग गर्ने जम्मा ३ वटा गाडी मात्रै हो’, उनले भने ‘बाँकी गाडी मन्त्रीज्यूले चढ्नु भएको छैन ।’
थप गाडीहरू क-कसले प्रयोग गरिरहेको छ भन्नेबारे आफूले बुझेपछि मात्रै भन्न सक्ने प्रवक्ता अधिकारीको भनाई छ ।
मन्त्रालयमा सवारी साधनदेखि इन्धनसम्मै मनपरी गर्ने मन्त्रीहरूको पुरानै रोग हो । अहिले पनि अधिकांश मन्त्रीहरूले सल्लाहकारदेखि सचिवालयका सबै कर्मचारी हुँदै आफ्ना तथा आफन्तहरूका लागि समेत सरकारी सवारी उपलब्ध गराउँदै आएका छन् । जुन सरासर गलत हो ।
सरकारले सवारी सम्बन्धी मापदण्ड नै बनाएको छ तर त्यसको पालना स्वयं कर्मचारीहरूले नै गरेका छैनन् । कति सिसीसम्मको गाडी क-कसले प्रयोग गर्ने भन्नेबारे स्पष्टै रूपमा उल्लेख गरिएको भए पनि गाडी सुविधा नै नपाउने कर्मचारीहरुलेसमेत गाडी प्रयोग गरिरहेका छन् । त्यति मात्रै होइन, केही मन्त्रालय सहसचिवहरूले समेत दुई-तीनवटैसम्म गाडी प्रयोग गरेको भेटिन्छ प्रशासन डट्कमबाट ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!