१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

मजदुरलाई दैनिकी जिबन संचालन गर्न जनमोर्चाको अपिल

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

एबिसी संचार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसिले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्नेप मजदुरहरुको जीवन ज्यादा कस्टकर भएको कुरा बताउनु भयो । कोरोना बिश्व ब्यापी संकट भएको र यश प्रकारका संकट लाई मानव समुदाय जित्दै आएको इतिहास छ । यसलाई पनि हामिले जित्ने छौ । त्यसैले हत्तोत्साहित नभएर स्वास्थ्य साबधानीका साथ अगाडी बढ्नु पर्छ अध्यक्ष के सि ले भन्नु भयो । राष्ट्रिय जनमोर्चा दाङको आयोजनामा कोरोनाले उत्पन्न संकट र अबको दैनिक जीवन विषयक अनलाइन अन्तर्कृया लाई सम्बोधन गर्दै अध्यक्ष के सि ले उक्त कुरा बताउनु भएको हो । लकडाउन लाई पनि अब परिमार्जन गर्दै जानुपर्छ , परिक्षणको दायरालाइ बढाउनु पर्छ । सरकारले प्रबासी नेपाली नागरिकका समस्या पनि समाधान गर्नु पर्छ र उत्पादनका कामलाइ पनि अगाडी बढाउनु पर्छ भन्ने उहाको भनाइ थियोे । राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ने क पा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारी , अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव राम बहादुर बुढा , अखिल नेपाल युबक संघका केन्द्रिय अध्यक्ष अनिलकिसोर घिमिरे, अखिल छैठौ का केन्द्रिय अध्यक्ष बिमल पोख्रेल , नेपाल कम्युनिस्ट पार्टी नेकपा का जिल्ला सचिबालय सदस्य सुरामणी बेल्बासे, उधोग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बन्जाडे, दाङ चेम्बर्स का अध्यक्ष श्रीधर महरा अखिल नेपाल जनजाति सम्मेलन दाङ जिल्ला अध्यक्ष राम बहादुर घर्ती, मुलप्रबाह अखिल भारत नेपाली एकता समाजका केन्द्रिय सदस्य त्रिभुवन भट्टराई र महेन्द्र बस्याल , अन्तर्राष्ट्रिय नेपाली एकता समाजका कृष्ण के सि , जापान नेपाली एकता समाजका हेमलाल गौतम , पत्रकार गोबिन्द खड्का, ललिता पोख्रेल , प्रेम सुवेदी लगायले मन्तव्य राख्नु भएको थियोे । जिल्ला सचिब वसन्त पौडेलको संचालनमा भएको कार्यक्रम को विषय प्रवेश जिल्ला अध्यक्ष गणेश आचार्यले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

error: Content is protected !!