२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दैलेखको पञ्चकोशी पत्रिकाले गर्यो आफ्नो पत्रकारको

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार
दैलेख पर्यटकिय क्षेत्रको प्रचार प्रशार दैलेख समृद्दिको मुल आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै,दैलेख सदरमुकामबाट दैनिक रूपमा प्रकाशनमा आएको पञ्चकोशी खबर दैनिक पत्रिकाले आफ्ना ७ जना सहकर्मि साथिहरूको कोरोना बिमा गरेको छ ।
महामारिको रूपमा फैलिएको कोभिड १९ को कारणले बिश्वजगतनै त्रसित भईरहेको सन्दर्भमा मिडिया क्षेत्रमा काम गर्ने आम मानिसहरू फन्ट लाईनमै बसेर समाचार सम्प्रेषण गर्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै आफ्ना सहकर्मिहरूलाई कोरोनाको कारणले कुनै समस्या भईहालेमा पनि टेवा पुग्ने मद्दतले पत्रिकाका सबै टिमहरूको सामुहिक बिमा गरिएको हो ।
टिममा प्रकाशक कुमार प्याकुरेल, सम्पादक हिक्मत नेपाली,अतिथि सम्पादक अमर सुनार,कार्यकारि सम्पादक अनु प्याकुरेल खाण, सह सम्पादक कृष्ण प्रसाद अधिकारी,सम्वाददाता बिकास बि,सि ब्यबस्थापक रमेश थापा को सामुहिक बिमा गरिएको प्रकाशक कुमार प्याकुरेलले बताए ।
दैलेखमा सकरात्मक सन्देश प्रवाह गर्ने एक मात्र दैनिक पत्रिका पञ्चकोशि खबर दैनिक न कुनै दल, न कुनै झुन्ड न कुनै ब्यक्ती समुदाय बिशेषको पत्रिका नभएर सिगो दैलेख जिल्लालाई परिचित गराउने सकरात्मक सन्देश प्रभाव गर्दै छोटो समयमा आम पाठकको मन जित्न सफल रहेको प्रकाशक प्याकुरेलले बताए ।
पत्रिकाका सबै टिमको आफ्नो फरक फरक आस्था रहेता पनि समाचार प्रकाशित गर्ने क्रममा कुनै दल विशेष कुनै ब्यक्ति विशेष नभई आम पाठकहरूलाई मध्यनजर गर्दै सकरात्मक सन्देश प्रवाह गर्दै आएको छ , पत्रिकालाई नियमित रूपमा प्रकाशन गर्न थुप्रै कठिनाई यकातर्फ छ भने अर्को तर्फ आफुलाई प्रतिस्पर्धि ठान्नेहरू अनेकौ बहानामा पत्रिकामाथी आक्षेप लगायर आफ्नो पार्टिगत गुटगत सिन्टिगेट कायम गरि आफ्नो एकाधिकार खोसिने डरमा बिरक्तियका छन्।
यो विषम परिश्थितिमा पनि हाम्रो टिम विशेष गरि सम्पादक हिक्मत नेपाली,सह सम्पादक कृष्ण प्रसाद अधिकारीले पत्रिका प्रकाशनको क्रममा आफ्नो जिउ ज्यानको बाजि राखि दिनरात नभनि पत्रिकालाई निरन्तरता दिईरहेको प्रति हार्दिक आभार ब्यक्त गर्दै,पत्रिकाको अन्य टिम कार्यकारि सम्पादक अनु प्याकुरेल खाण अतिथि सम्पादक अमर सुनार सम्वादाता बिकास बिसि,ब्यबस्थापक रमेश थापा लगायतको टिम प्रति हार्दिक धन्यबाद दिदै,कोरोनाको विषम परेिश्थितिमा पनि समाचार सङ्कलनमा जादा थप हौसला प्रदान गर्ने उदेश्यले सबै टिमको सामुहिक कोरोना बिमा गरिएको प्रकाशक प्याकुरेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]