२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दैलेखको पञ्चकोशी पत्रिकाले गर्यो आफ्नो पत्रकारको

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

एबिसी संचार
दैलेख पर्यटकिय क्षेत्रको प्रचार प्रशार दैलेख समृद्दिको मुल आधार भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै,दैलेख सदरमुकामबाट दैनिक रूपमा प्रकाशनमा आएको पञ्चकोशी खबर दैनिक पत्रिकाले आफ्ना ७ जना सहकर्मि साथिहरूको कोरोना बिमा गरेको छ ।
महामारिको रूपमा फैलिएको कोभिड १९ को कारणले बिश्वजगतनै त्रसित भईरहेको सन्दर्भमा मिडिया क्षेत्रमा काम गर्ने आम मानिसहरू फन्ट लाईनमै बसेर समाचार सम्प्रेषण गर्नु पर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गर्दै आफ्ना सहकर्मिहरूलाई कोरोनाको कारणले कुनै समस्या भईहालेमा पनि टेवा पुग्ने मद्दतले पत्रिकाका सबै टिमहरूको सामुहिक बिमा गरिएको हो ।
टिममा प्रकाशक कुमार प्याकुरेल, सम्पादक हिक्मत नेपाली,अतिथि सम्पादक अमर सुनार,कार्यकारि सम्पादक अनु प्याकुरेल खाण, सह सम्पादक कृष्ण प्रसाद अधिकारी,सम्वाददाता बिकास बि,सि ब्यबस्थापक रमेश थापा को सामुहिक बिमा गरिएको प्रकाशक कुमार प्याकुरेलले बताए ।
दैलेखमा सकरात्मक सन्देश प्रवाह गर्ने एक मात्र दैनिक पत्रिका पञ्चकोशि खबर दैनिक न कुनै दल, न कुनै झुन्ड न कुनै ब्यक्ती समुदाय बिशेषको पत्रिका नभएर सिगो दैलेख जिल्लालाई परिचित गराउने सकरात्मक सन्देश प्रभाव गर्दै छोटो समयमा आम पाठकको मन जित्न सफल रहेको प्रकाशक प्याकुरेलले बताए ।
पत्रिकाका सबै टिमको आफ्नो फरक फरक आस्था रहेता पनि समाचार प्रकाशित गर्ने क्रममा कुनै दल विशेष कुनै ब्यक्ति विशेष नभई आम पाठकहरूलाई मध्यनजर गर्दै सकरात्मक सन्देश प्रवाह गर्दै आएको छ , पत्रिकालाई नियमित रूपमा प्रकाशन गर्न थुप्रै कठिनाई यकातर्फ छ भने अर्को तर्फ आफुलाई प्रतिस्पर्धि ठान्नेहरू अनेकौ बहानामा पत्रिकामाथी आक्षेप लगायर आफ्नो पार्टिगत गुटगत सिन्टिगेट कायम गरि आफ्नो एकाधिकार खोसिने डरमा बिरक्तियका छन्।
यो विषम परिश्थितिमा पनि हाम्रो टिम विशेष गरि सम्पादक हिक्मत नेपाली,सह सम्पादक कृष्ण प्रसाद अधिकारीले पत्रिका प्रकाशनको क्रममा आफ्नो जिउ ज्यानको बाजि राखि दिनरात नभनि पत्रिकालाई निरन्तरता दिईरहेको प्रति हार्दिक आभार ब्यक्त गर्दै,पत्रिकाको अन्य टिम कार्यकारि सम्पादक अनु प्याकुरेल खाण अतिथि सम्पादक अमर सुनार सम्वादाता बिकास बिसि,ब्यबस्थापक रमेश थापा लगायतको टिम प्रति हार्दिक धन्यबाद दिदै,कोरोनाको विषम परेिश्थितिमा पनि समाचार सङ्कलनमा जादा थप हौसला प्रदान गर्ने उदेश्यले सबै टिमको सामुहिक कोरोना बिमा गरिएको प्रकाशक प्याकुरेलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!