प्रकशित मिति : २७ जेष्ठ २०७७, मंगलवार २२:२८

एबिसी संचार
दाङको तुलसीपुरमा एक युवा मृत फेला परेका छन् । पश्चिम दाङको शान्तीनगर गाउँपालिका वडा नम्वर ४ एकलीका बर्ष ३० नविन भण्डारी मृत फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
सोमवार विहान घरबाट निस्किएका युवक सम्पर्क विहिन भएपछि उनको खोजीकार्य भएको थियो । उनको शव मंगलवार विहान तुलसीपुर १ रातापहिरो भन्ने स्थानमा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
मृतकको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्टमाटमका भई रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको डिएसपी सिंहले जानकारी दिनुभएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

सम्पादक – नुकेन्द्र प्रताप सिंह-
सम्पर्क-9848262615
संचालक – सागर थापा
सम्पर्क – 9847845918
email- [email protected]

Copyright © 2015-2021 AbcSanchar.com