०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा, तेलको ट्याङ्करमा रक्सी

Logo
प्रकाशित बुधबार, जेठ २८, २०७७

एबिसी संचार
काठमाडौँ प्रहरीले अल्पाइन मेडिकल कलेज सिमरा बाराको एम्बुलेन्सबाट ५६ केजी लागुऔषध गाँजा बरामद गरेको छ ।
बुधवार बिहान साढे ८ बजे पर्साको वीरगन्ज महानगरपालिका – २६ स्थित रामपुर टोलमा ना४च८५९९ नं को एम्बुलेन्सबाट ५६ केजी गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
उक्त नम्बरको एम्बुलेन्स र ५६ केजी गाँजासहित सर्लाही लालबन्दी –१५ का २३ वर्षीय जीत बहादुर वाईवा, सोही ठाउँ बस्ने २२ वर्षीय दिल बहादुर वाइवा, बहुदरमाई नगरपालिका – ५ बस्ने ३२ वर्षीय हरिशंकर महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै तेलको ट्याङ्करमा भारततर्फ लैजाँदै गरेको रक्सी पनि प्रहरीले बरामद गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका १६ रजतजयन्ति चोकबाट प्रहरीले विभिन्न पमिाणका रक्सीसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!