२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा खसी र कुखुरा मासुको मुल्य घटेयो

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

महेन्द्र सिंह बाँकेमा मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र कुखुराको मासुको मुल्य निर्धारण गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० तय गरेको छ ।
बाँकेमा नोबल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण गरीएको लकडाउनको बाहाना बनाउदै मासु व्यावसायीले खसिको मासु प्रति किलो १ हजार र कुखुराको मासु प्रतिकिलो ४ सय ५० मा बिक्रि बितरण गरेको व्यापक जनगुनासो आएपछि प्रशासनले पुरानै मुल्यमा विक्रिबितरण गर्ने गरी सहमति जुटाएको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार पशुपन्छि व्यावसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी, पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति निर्माण गरिएको छ ।
सो अध्ययन समितिले मुल्यको बारेमा अध्ययन प्रतिबेदन नबुझाउदासम्म खसिको मासु प्रति किलो ८ सय र कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्नुपर्ने छ । सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने सहमती समेत भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]