३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँकेमा मासुको मुल्य घटेपछि मासु पसलहरु बन्द

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

महेन्द्र सिंह जिल्ला प्रशासन कार्यालय बाँकेले खसी र बोईलर कुखुराको मासुको मुल्य निर्धारण गरे पछि व्यवासायीहरुले मासु बिक्रि गर्न बन्द गरेका छन ।
मासुजन्य पदार्थमा चरम मुल्य बृद्धि भएको गुनासो बढ्दै गएको बेला प्रशासनले मुल्य निर्धारण गरेको भएपनि व्यावासयीले भने मासु बिक्रि गर्न बन्द गरेर प्रशासनको निर्णयको बिरोध जानाएका छन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको उपस्थितिमा मासु व्यावसायी तथा उपभोक्ता मञ्च लगायतका प्रतिनिधिहरु सहितको बैठकले अर्को निर्णय नहुँदासम्म खसिको मासु प्रति किलो ८ सय र बोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ५० तय गरेको थियो ।
बाँकेमा नोबेल कोरोना भाईरस (कोभिड-१९) संक्रमणको कारण गरीएको लकडाउनको बाहाना बनाउदै मासु व्यावसायीले खसिको मासु प्रति किलो १ हजार र बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय ५० मा बिक्रि बितरण गरेको व्यापक जनगुनासो आएपछि प्रशासनले पुरानै मुल्यमा विक्रिबितरण गर्ने निर्णय गरेको थियो ।
बाँकेमा खसी र कुखुराको मासुको मुल्य निर्धारण
पशुपन्छि व्यवसायी, उपभोक्ता मञ्च, मासु व्यावसायी र पशुज्ञान केन्द्र लगायतको सहभागितामा मासुको मुल्य समायोजनको लागि एक अध्ययन समिति निर्माण गरिएको छ । सो अध्ययन समितिले मुल्यको बारेमा अध्ययन प्रतिबेदन नबुझाउदासम्म खसिको मासु प्रति किलो ८ सय र बोइलर कुखुराको मासु प्रतिकिलो ३ सय ५० मा बिक्रि बितरण गर्नुपर्ने छ । सो मुल्य भन्दा बढीमा बिक्रिगरेको पाईएमा कालोबजारी ऐन अन्तरगत कारवाही गरीने सहमती समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!