२० फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

दाङ प्रहरीको तथ्यांक लागुऔषधको उत्पादन सेवन कारोवारको दाङ (ट्राञ्जिट पोइन्ट)

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

एबिसी संचार
दाङमा लागुऔषध उत्पादन सेवन र कारोबारको लागि दाङ क्षेत्र ट्राञ्जिट पोइन्ट बन्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले दाङ जिल्लामा लागु औषधको उत्पादन, सेवन र कारोवार प्रसस्त मात्रामा हुने गरेको बताउछ । भारतसँग करिव ८३ किलोमिटरको भुगोल जोडिएको दाङमा रोल्पा, रुकुम, सल्यान र प्युठानमा प्राकृतिक रुपमा उत्पादन हुने गाँजा र त्यसबाट निर्माण भएका लागुऔषधहरु भित्रिने गरेको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दका अनुसार विशेष गरी गाँजा, चरेस, अफिम, ब्राउन सुगर, डाईजेपाम र कोरेक्स खाने र ईन्जेक्सनद्धारा लागुऔषध लिने गरेको पाईन्छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकमा वितेको तीन वटा आर्थिक वर्षमा एक सय ३८ जना पक्राउ परेका छन् । उनीहरुबाट ३६५ दशमलभ ४६८ ग्राम ब्राउन सुगर, ६८ केजि चरेस, १० केजी अफिम, करिव ८ केजी गाँजा समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख चन्दले बताउनुभयो ।
दाङका विभिन्न कारागारमा रहेका ७ सय ८ जना कैदी बन्दीहरु मध्य १८ प्रतिशत अर्थात १ सय १९ जना लागुऔषध सम्बन्धी रहेका छन् । २० देखि २४ वर्ष उमेर समूहका युवाहरु सबै भन्दा बढि लागुऔषधको सेवन तथा कारोबारमा सम्लग्न हुने गरेको पाईएको छ । यस्तै २५ देखि २९ वर्ष र १५ देखि १९ वर्ष उमेर समूहका युवाहरु पनि लागुऔषधमा प्रत्यक्ष सम्लग्न हुने गरेको तथ्यांकले बताएको छ ।
साथीहरुको लहलहैमा रालेर, नयाँ बस्तु जान्ने, प्रयोग गर्ने उत्कुक्ताको कारण, आमाबाबुले छोडेको, सन्तानलाई धेरै समय दिन नसक्नु, लगातार असफल हुनु, सोँचे जस्तो नहुनु, गरिवी, अशिक्षा, बसाइसराई र इन्टरनेटको दुरुपयोग, स्वतन्त्र जीवन यापन गर्न चाहने स्वभावका कारण पनि लागुऔषधमा फस्ने गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १, २ को जंगल आसपास, वडा नंं ५ को धर्ना, बसन्तापुर आसपासको जंगल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर, देउखुरी गढवा गाउँपालिका वडा नं. ५ को दोलाई खोला, ढोडेनी खोला आसपास र शान्तिनगर गाउँपालिका वडा नं. ४ को जुम्लेखोलाको क्षेत्रमा गाँजा उत्पादनको हुने गरेको छ ।
लागु औषध कारोबारको रुपमा घोराही ५ धर्ना, बसन्तापुर, भैसापत्रको जंगल, वडा नं. १३ को बडहरा, बगाले, १४ को बसपार्क, १८ को फर्सेखाली र गिठेपानीलाई प्रहरीले टार्गेट गरेको छ । यस्तै तुलसीपुरको ५ बसपार्क, रानीजरुवा, वडा नंं ८ को दोघरे, १३ को शितलपुर र लमही नगरपालिकाको बसपार्क पनि लागुऔषधको कारोबार हुने क्षेत्र हुन् ।
साथै प्रहरीले लागुऔषधको सेवन गर्ने सम्भावित क्षेत्र तोकेको छ । घोराही उपमहानगरपालिका १३ बडहरा, बगाले, १४ को बसपार्क, १८ को फर्सेखाली, गिठेपानी, तुलसीपुर उपष्महानगरपालिका वडा नं ५ को बसपार्क, रानीजरुवा, ८ को दोघरे, १३ को शितलपुर, लमही नगरपालिकाको बसपार्क आसपास र भालुवाङ क्षेत्रको सिसहनीया बजार क्षेत्रलाई लागु औषध सेवन हुने स्थानको रुपमा हेरिएको छ ।
लागु औषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दाङले कार्य योजना निर्माण गरेर काम गर्ने गरेको छ । बेशाख, जेठ, असार र साउन महिनामा गाँजा खेति बारे सुचना संकलन, गाँजा खेतीको विउविजन गर्ने स्थानको पहिचान तथा लागु औषध सम्बन्धी गतिविधिमा निगरानी गर्ने गरेको छ । दोस्रो चौमासिकको भदौ, असोज कार्तिक र मंसिर महिनामा गाँजा खेतिको फडानी गर्ने र पुस, माघ फागुन र चैत्रमा विक्रि वितरण तथा ओसारपसार नियन्त्रण गर्न प्रहरी परिचालन तथा चोकजाँचमा कडाई गर्ने गरेको छ ।
अहिले युवाहरु लागुऔषधको प्रत्यक्ष जोखिममा रहेका कारण अभिभावक शिक्षा महत्वपुर्ण रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक हरिष बस्नेतले बताउनुभयो । जानेर नजानेर लागु औषधमा फस्ने गरेको र उनीहरु पुर्नस्थापना केन्द्रबाट सुधार भएर समाजमा फर्किने गरेको पनि उहाँले बताउनुभयो ।
लागुऔषधको दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अबसरमा घोराहीमा एक कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख चन्दले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा पत्रकारहरु सामाजिक अभियानकर्ता साजिदा सिद्धिकी लगाएतले आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी रविन्द्र खनालका अनुसार कार्कीले मौन अवधिका उम्मेदवारको प्रचार गरेर भिडियो पोष्ट गरेका कारण प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले कार्कीलाई प्रहरी नियन्त्रणमा राखेर सामान्य सोधपुछ भैरहेको प्रहरीले जनाएको छ । कार्कीले चुनावी मौन अवधी सुरु भएपछि विभिन्न राजनीतिक दलका उम्मेदवारहरुसँगकोा अन्तर्वार्ता प्रसारण गरेका […]

error: Content is protected !!