०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

बाँकेमा सवारी दुर्घटना न्युनिकरण गर्न राजमार्गमा ‘सचेतना बोर्ड

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

महेन्द्र सिंह
बाँके कोहलपुर क्षेत्रमा सचेतना बोर्ड राखिएको छ कोहलपुर नगरपालिका क्षेत्र भित्र पर्ने पुर्व पश्चिम तथा उत्तर दक्षिण राजमार्गका बिभिन्न १० वटा स्थानहरुमा ट्राफिक जनचेतनामुलक बोर्डहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिए ।
बाँकेको कोहलपुर क्षेत्र दुर्घटनाको दृष्टिले संवेदनशिल मानिन्छ । लकडाउन अवधिमै भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको सँख्या बढ्न थालेपछि ट्राफिक सचेतना सहितको बोर्ड राखिएको हो । राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनामा कमि ल्याउन ट्राफिक प्रहरीले सवारी चालकहरुकालागि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आईरहेको बमले जानकारी दिए ।
दुई दिन (मंगलबार र बुधबार) मा कोहलपुर नगर क्षेत्रभित्रका जोखिमयुक्त १० स्थानमा सचेतना बोर्ड राखिएको हो । प्युठान सिमेन्टको सौजन्यमा राखिएका सचेतना बोर्डले दुर्घटनामा केही हदसम्म कमि आउने विश्वास लिएको ट्राफिक प्रमुख बमको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]