२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँकेमा सवारी दुर्घटना न्युनिकरण गर्न राजमार्गमा ‘सचेतना बोर्ड

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

महेन्द्र सिंह
बाँके कोहलपुर क्षेत्रमा सचेतना बोर्ड राखिएको छ कोहलपुर नगरपालिका क्षेत्र भित्र पर्ने पुर्व पश्चिम तथा उत्तर दक्षिण राजमार्गका बिभिन्न १० वटा स्थानहरुमा ट्राफिक जनचेतनामुलक बोर्डहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख पबिन्द्र बमले जानकारी दिए ।
बाँकेको कोहलपुर क्षेत्र दुर्घटनाको दृष्टिले संवेदनशिल मानिन्छ । लकडाउन अवधिमै भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको सँख्या बढ्न थालेपछि ट्राफिक सचेतना सहितको बोर्ड राखिएको हो । राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनामा कमि ल्याउन ट्राफिक प्रहरीले सवारी चालकहरुकालागि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै आईरहेको बमले जानकारी दिए ।
दुई दिन (मंगलबार र बुधबार) मा कोहलपुर नगर क्षेत्रभित्रका जोखिमयुक्त १० स्थानमा सचेतना बोर्ड राखिएको हो । प्युठान सिमेन्टको सौजन्यमा राखिएका सचेतना बोर्डले दुर्घटनामा केही हदसम्म कमि आउने विश्वास लिएको ट्राफिक प्रमुख बमको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]